― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest news९९ दिन बाँकी, आयोगमा दल दर्ता तीव्र – KhabarHost

९९ दिन बाँकी, आयोगमा दल दर्ता तीव्र – KhabarHost


राष्ट्रिय

समाचार.

  • निर्वाचन आयोगले दल दर्ताका लागि चार दिन समय थप गरी कुल १४ दिन दल दर्ताको अवधि तोकेको छ।
  • बुधबारसम्म १०६ वटा दल निर्वाचनमा भाग लिन दर्ता प्रक्रियामा आएका छन् र संख्या अझै बढ्नेछ।
  • मतदाता नामावली संकलन सकिएको छ र एक करोड ९० लाख ५ हजार ३२४ मतदाताले मतदानका लागि तयार भएका छन्।

१० मंसिर, काठमाडौं । प्रतिनिधिसभाको चुनावक आउन अब केवल ९९ दिन बाँकी छ । मतदानको दिन जति नजिकियो त्यति चुनावी कामको चाप बढेको छ ।

तर अझै अरू दलहरूलाई चुनावमा सहभागी हुनका लागि समय दिन आयोगले बुधबार दल दर्ताका लागि चार दिन थपेको छ ।

मंसिर एक गतेदेखि दश दिन निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय तोकिएको थियो । तर, अझै केही दल दर्ता प्रक्रियामा आउन चाहेकाले चार दिन समय थप गरिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोग स्रोतका अनुसार संयुक्त चुनाव लड्ने गरी कतिपय दलले गृहकार्य गरिरहेको सूचना दिएका छन् । यसका लागि केही दिन दल दर्ताका समय थप गरिदिन आग्रह गरेका थिए । यसकारण पनि निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको समय थप गरिएको हो ।

निर्वाचन आयोगका सह सचिव एवं कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञ प्रसाद भट्टराई भन्छन्, ‘सरोकारवालाहरूको माग आयो । १८/१९ वटा दल दर्ताको निवेदन प्रक्रियामा छ । दर्ता भएर निर्वाचनमा भाग लिन चाहनेलाई पनि समेट्नुपर्ने भएकाले चार दिन समय थप भएको हो ।

उत्साही दलहरू

निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेहरूको संख्या उल्लेख्य छ । यसले दलहरू चुनावमा जान उत्साही रहेको देखाउँछ ।

बुधबारसम्म निर्वाचन आयोगमा १०६ वटा दल चुनावमा भाग लिने गरी दर्ता प्रक्रियामा आएका छन् । यो संख्या चार दिनमा अझ थपिनेछ ।

निर्वाचन लड्न तयार भएका दलहरू र नयाँ र पुराना दुवै प्रकृतिका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतका पुराना सबैजसो दलहरू चुनावमा होमिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका १२ भन्दा बढी कम्युनिस्ट पार्टी र समूह मिलेर बनेको दल हो । यो पार्टी नयाँ भएता पनि पुराना नेताहरूको बर्चस्व छ ।

रास्वपा गत ४ मंसिर २०७९ को चुनावबाट उदाएको दल हो । पार्टी गठनको चार महिनामै चुनाव लडेर प्रतिनिधि सभामा चौथो हुन सकेको रास्वपा अझ ठूलो दल बन्ने ध्याउन्नमा छ । यसका लागि उसले वैकल्पिक धारको राजनीति गरिरहेकाहरूसँग सहकार्य र एकताको पहल गरिरहेको छ ।

बुधबारमात्रै रास्वपा र विवेकशील साझा पार्टीबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ ।

विवेकशील साझा पार्टीले उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबीचको ‘वृहत्तर ध्रुबिकरण/ एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णयलाई पारित गरेको हो ।

यसबाहेक पनि स्थापित दलहरूलाई टक्कर दिनेगरी नयाँ राजनीतिक दलहरू चुनावमा होमिँदैछन् ।

सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको समर्थनमा उज्यालो नेपाल पार्टी बनेको छ । यो पार्टी चुनावी गठबन्धन र मोर्चाबन्दीमा लागिसकेको छ ।

बुधबार मात्रै उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने सहमति गरेका छन् ।

वायुसेवा कम्पनी बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले ‘गतिशील लोकतान्त्रिक पार्टी’ बनाएको छ । बस्नेत सदस्य रहेको यो पार्टीको अध्यक्षमा समाजशास्त्री दिनेश प्रसाईं छन् ।

सुशासन र आर्थिक उत्थानमा लाग्ने प्रतिवद्धतासहित गतिशील लोकतान्त्रिक पार्टी चुनावमा होमिएको छ ।

धरानका मेयर हर्क साम्पाङ आफ्नै नेतृत्वका श्रम संस्कृति पार्टी गठन गरेर अगाडि बढेका छन् ।

यी लगायत नयाँ र पुराना गरेर १०६ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने तय गरिसकेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेल राजनीतिक दलहरू चुनावमा होमिइसकेको बताउँछन् । प्रमुख भनिएका सबै राजनीतिक दलहरू निर्वाचन प्रयोजनका लागि दल दर्ता प्रक्रियामा सहभागी हुनुलाई उनी चुनावको लागि दलहरू तयार भएको रुपमा अर्थथ्याउँछन् ।

‘सबै राजनीतिक दलहरू चुनावका लागि तयार भइसके । निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसके’ मन्त्री खरेलले भनेका छन्, ‘सुरक्षाको वातावरण बनाउ भनिरहेका छन् । गाउँटोलदेखि जिल्ला र निर्वाचन क्षेत्रसम्म निर्वाचन लक्षित विभिन्न कार्यक्रम गरिसकेका छन् ।’

मतदाता तयार

निर्वाचनमा महत्त्वपूर्ण पक्ष हो– मतदाता । जो निर्वाचनका लागि तयार भएका छन् ।

यही मंसिर ५ गतेसम्म मतादता नामावली संकलन भएको थियो । मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । १० लाख १६ हजार ७५४ जना मतदाताले पहिलो पटक मतदान गर्दैछन् ।

निर्वाचन आयोगका अनुसार संकलित मतदाताको संख्या प्रोसेसिङमा छ । देशभरबाट संकलित मतदातामध्ये आगामी फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरुको नामावली मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन हुनेछ । त्यसपछि नामावलीमा कुनै त्रुटि भएमा सच्याउन निवेदन दिन सकिनेछ ।

मंसिर २१ देखि २७ गतेसम्म प्राप्त उजुरी, निवेदन र सूचनाउपर सम्बन्धित निर्वाचन कार्यालयले छानबिन गर्छन् र पुस १५ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । यो सँगै मतदाता नामावलीको विषय टुंगो लाग्नेछ ।

मतदाताले जुन मतदान केन्द्रबाट मतदान गर्ने भनेर तय गरेका छन् त्यहाँ पुगेर २१ फागुनमा मतदान गर्न सक्दछन् ।

यो प्रक्रियामा मतदाताले जनाएको सहभागितालाई देखाउँदै सरकारका प्रवक्ता खरेल मतदाता मतदानको लागि तयार भइसकेको बताउँछन् । उनी भन्छन्, ‘मतदाता नामावली संकलनको काम सकिएको छ । यसको अर्थ– जनता चुनावका लागि तयार भइसके भन्ने नै हो ।’

निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही मंसिर २० गतेदेखि समानुपातिक निर्वाचनतर्फको कार्यक्रम औपचारिक रूपमै सुरु हुनेछ ।

मंसिर २१ गते समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निर्वाचन आयोगमा निवेदन पेश गर्नुपर्ने हुन्छ । निवेदन पेश नगर्ने दलले समानुपातिक तर्फ चुनाव लड्न पाउने छैन ।

मंसिर २४ गते समानुपातिक तर्फ चुनाव लड्न पाउने राजनीतिक दलहरूको नामावली प्रकाशन हुनेछ । पुस १३ र १४ गते राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने हुन्छ । माघ २० गते समानुपातिक तर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन हुनेछ।

प्रत्यक्षतर्फ भने उम्मेदवारको मनोनयन दर्ता माघ ६ गते हुनेछ । माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

दलहरूसँग थप संवादको तयारी

निर्वाचनको तयारी धेरै अगाडि बढिसक्दा समेत कतिपयमा चुनावप्रति संशय बाँकी नै छ । खासगरी नेकपा एमाले एकातिर प्रतिनिधिसभा पुनर्स्थापना माग लिएर अदालत गएको छ भने अर्कोतिर निर्वाचन प्रयोजनका लागि दल दर्ता प्रक्रियामा समेत सहभागी भएको छ ।

केही गरी फागुन २१ मै चुनाव भएन भने प्रतिनिधिसभा पुनर्स्थापना हुने र यसका लागि दबाब दिनुपर्ने नीतिमा कतिपय राजनीतिक दल र अन्य समूह समेत देखा परेका छन् । यस्तो बेला निर्वाचन आयोग चुनावी वातावरण बनाउनेतिर पनि चनाखो रहेको अधिकारीहरू बताउँछन् ।

निर्वाचन आयोगका सहसचिव एवं कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार निर्वाचन आचारसंहितालाई अन्तिम रूप दिनु अगाडि राजनीतिक दलहरूसँग बस्ने अभ्यास छ ।

‘राजनीतिक दलहरूसँग बसेर निर्वाचन आचारसंहिता लगाउने प्रचलन छ’ उनले अनलाइनखबरसँग भने । यसपटक कहिले राजनीतिक दलहरूसँग यो विषयमा छलफल गर्ने तय भएको छैन ।

चुनावी वातावरण बनाउन समेत दलहरूसँग संवाद गर्न आवश्यक रहेको आयोगका अन्य अधिकारीहरू पनि बताउँछन् ।

‘यस पटकको निर्वाचन विशिष्ट समयमा हुन लागेकोले पनि दलहरूसँग संवाद जतिसक्दो धेरै गर्न सके राम्रो भन्ने बुझाइ छ’ ति अधिकारी भन्छन्, ‘चुनावको वातावरण बनाउन सरकारको मुख्य भूमिका हुन्छ । अयोगले केही सहयोग गर्न सक्छ जो गर्छ र गर्नुपर्छ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More