― Advertisement ―

चीनले भर्खरै अन्तरिक्षबाट ठूलो ट्याङ्कर ट्र्याक गर्‍यो, र अमेरिकी नौसेना स्टिल्थको प्रभाव अचानक धेरै गम्भीर छ

चीनले सफलतापूर्वक ट्र्याकिङ गरेको छ। समुद्री लक्ष्यहरू सार्दै कक्षाबाट निरन्तर निगरानीले तल्लो पृथ्वी उपग्रह नक्षत्रहरूमा निर्भरता कम गर्दछतीन उपग्रहहरूले उच्च-मूल्य नौसेना सम्पत्तिहरूको निरन्तर विश्वव्यापी...
HomeLatest news९८ वर्षीय उजिरले बनाइदिए विद्यालयमा खानेपानीको धारा

९८ वर्षीय उजिरले बनाइदिए विद्यालयमा खानेपानीको धारा



२९ पुस, टक्सार (भोजपुर) । भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गरिदिएका छन् ।

भोजपुर–८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा दुई लाख खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानीको धारा निर्माण गर्नुका साथै पाँच हजार लिटर क्षमताको ट्याङ्कीको समेत व्यवस्था गरेका छन् ।

निर्माणकर्ता प्रधानले दुवै संरचना विद्यालयका प्रधानाध्यापक शरणकुमार राईलाई हस्तान्तरण गरे । स्वच्छ खानेपानी विद्यार्थीको अधिकार भएकाले आफूले धारा निर्माण गरिदिएको प्रधानले बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गोपाल कार्की तथा निर्माणकर्ता उजिरबहादुरले धाराको उद्घाटन गरे ।

सोही अवसरमा विद्यालयका पूर्वविद्यार्थी डा विनोद पराजुलीले सहयोग गरेको २० हजार रकमबाट विद्यालयका विद्यार्थीलाई नेपाली टोपी वितरण गरिएको प्रअ राईले बताए ।

कार्यक्रममा विद्योदय माविका प्रअ खोमराज धमलाको समेत उपस्थिति रहेको थियो ।





Read More