― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
HomeLatest news८० हजार फौजमा एसपीले कानुन शाखा सम्हाल्दा सशस्त्रलाई किन चाहियो डीआईजी ?

८० हजार फौजमा एसपीले कानुन शाखा सम्हाल्दा सशस्त्रलाई किन चाहियो डीआईजी ?



५ मंसिर, काठमाडौं । मंगलबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल, नेपालमा तीन डीआईजीको दरबन्दी थप गर्‍यो । कानुन महाशाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलिजेन्स ब्युरो गरी तीन निकायमा दरबन्दी थपिएको हो ।

कानुन महाशाखालाई निर्देशनालय, विपद् महाशाखालाई पनि निर्देशनालय भनिएको छ । विपद् सशस्त्रले व्यवस्थापनको मुख्य म्यान्डेट पाएको महाशाखालाई निर्देशनालय बनाउँदै डीआईजी प्रमुख रहने व्यवस्था बनाउनुलाई सामान्य मानिएको छ ।

यता, प्रहरीमा डीआईजी इन्टेलिजेन्स ब्युरोको प्रमुख रहँदै आएकोमा सशस्त्रमा पनि डीआईजीलाई इन्टेलिजेन्स ब्युरो प्रमुख बनाउने उद्देश्यले दरबन्दी थप गर्नुलाई स्वाभाविक रूपमा लिइएको छ ।

तर, अहिले फेरि गृहमन्त्री ओमप्रकाश अर्यालको प्रस्तावमा डीआईजीको दरबन्दी थपेर युवराज अर्याललाई बढुवा गर्न खोजिएको छ ।
कानुन कार्यान्वयन गराउने मुख्य जिम्मेवारी पाएको नेपाल प्रहरीमा करिब ८० हजार जनशक्ति छन् । दैनिकजसो देशभर सयौं मुद्दा चलाउने भएकाले बकपत्रदेखि कानुनी झमेलामा नेपाल प्रहरीका कर्मचारी परिरहेकै हुन्छन् ।

कतिपय बन्दी प्रत्यक्षीकरणको रिटमा पनि प्रहरीलाई नै प्रतिवादी बनाइएको हुन्छ ।

यता, ठूलो संख्यामा जनशक्ति भएकाले प्रहरी ऐन, नियमावलीविपरीत काम गरेमा छानबिनपछि कारबाही गर्नुपर्ने जिम्मेवारी पनि कानुन शाखाकै हुन्छ । जसका कारण सशस्त्र प्रहरीको भन्दा नेपाल प्रहरीको कानुन शाखा अन्यन्तै व्यस्त हुने निकायमा पर्छ ।

जबकि, अति व्यस्त हुने प्रहरीको कानुन शाखाको कमान्ड भने जम्माजम्मी एसपीले गर्दै आएका छन् । एसपीकै भरमा अहिलेसम्म प्रहरीको कानुन शाखा चल्दै आएको छ ।

तर, प्रहरीको भन्दा करिब ५० हजार कम जनशक्ति भएको, विपद् उद्धार र सीमा सुरक्षा जस्ता मुख्य जिम्मेवारी भएकाले कानुनी झमेलामा कम पर्ने सशस्त्र प्रहरी बलमा भने कानुन शाखाको कमान्डमा डीआईजी राख्ने तयारी गरिएको छ ।

प्रहरीमा ८० हजार फौजको कानुन शाखा एसपीले गर्दा सशस्त्रमा भने करिब ३३ हजार सुरक्षा फौजको कानुन शाखा हेर्न डीआईजी राख्ने गरी दरबन्दी थप गरिएकाले यसमा स्वार्थको शंका उत्पन्न भएको छ ।

दरबन्दी थप गर्दा नै कानुन शाखाका लागि भनेर छुट्टै आएकाले अब कानुन शाखामा कार्यरत एसएसपी नै डीआईजी बन्ने निश्चित छ । अहिले सशस्त्र प्रहरीको कानुन महाशाखामा एसएसपी युवराज अर्याल छन् ।

गुल्मीका अर्याल २०५५ सालमा नेपाल प्रहरीको असईमा भर्ना भएका थिए । २०५८ सालमा सशस्त्र प्रहरी गठन भएपछि उनले सशस्त्रको इन्स्पेक्टरमा नाम निकालेका थिए । त्यसयता उनी सशस्त्रमै छन् । २०७२ सालयता भने उनी सशस्त्र प्रहरीको कानुन शाखामा कार्यरत छन् । अहिले उनी कानुन शाखाको प्रमुख हुन् ।

सशस्त्र प्रहरीमा यसरी हचुवाको भरमा विगतदेखि नै दरबन्दीमा चलखेल हुँदै आएको छ । कुनै वैज्ञानिक अध्ययन अथवा संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) को निष्कर्षको आधारमा भन्दा आफू निकटका व्यक्तिहरूलाई बढुवा गर्ने योजना अनुसार दरबन्दी थप गर्ने परिपाटी छ ।

सशस्त्र प्रहरीमा कानुन शाखा, लेखा शाखा भनेर छुट्टै समूह छ । उनीहरूको प्रतिस्पर्धा पनि त्यही शाखा तथा समूहका सुरक्षाकर्मीबीच मात्रै हुन्छ । जसका कारण यो समूहका सशस्त्र प्रहरीहरू अन्य समूह (प्रशासनतर्फ)को भन्दा निकै छिटो बढुवा हुन्छ ।

प्रशासनतर्फ भर्ना भएकाहरू लामो समय एउटै पदमा रहँदा कानुन र लेखा समूहका भने दुई पटकसम्म बढुवा भएको उदाहरण सशस्त्र प्रहरीमा छ ।

यता, प्रहरीमा पनि कानुन र लेखा समूह भनेर छुट्टै समूह छैन । प्रसाशनतर्फकै प्रहरीहरू लेखा, कानुनमा रहेर काम गर्छन् । जसका कारण सशस्त्रमा यो समूह नै खारेज गर्नुपर्ने माग पटकपटक उठ्दै आएको छ ।

तर, खारेज गर्नुपर्ने मागविपरीत गृहमन्त्री अर्यालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट डीआईजीको दरबन्दी थप गरेर युवराज अर्यालले बढुवा गर्न खोजिएको छ । यसले आर्थिक व्ययभार थपिनुका साथै व्यक्तिगत फाइदा तथा स्वार्थका लागि संगठनलाई गिजोल्ने काम गरेको पुष्टि गर्छ ।

कानुन महाशाखामा डीआईजीको दरबन्दी थपबारे सशस्त्र प्रहरी हेडक्वार्टर नै खासै बोल्न चाँहदैन । सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापा भन्छन्, ‘आवश्यकताअनुसार दरबन्दी थप र बढुवा हुने हो ।’

तर डीएसपी थापाले यस्तो बताए पनि सशस्त्र हेडक्वार्टर स्रोतका अनुसार, कानुन महाशाखालाई निर्देशनालय बनाउनका लागि डीआईजीको दरबन्दी थप गर्न कुनै ओएन्डएम भएको थिएन र प्रस्ताव पनि गरिएको थिएन ।

डीआईजीको दरबन्दी स्वीकृत भएर आएसँगै अब एसएसपी अर्याललाई डीआईजी बन्ने निश्चित छ । सशस्त्र प्रहरी बलमा डीआईजी बन्न स्टाफ कलेज पास गर्नुपर्ने प्रावधान छ । तर कानुन महाशाखालाई प्राविधिक मानिन्छ । प्राविधिकलाई डीआईजी बन्न स्टाफ कलेज गर्नुपर्ने प्रावधान छैन । जसका कारण एकल प्रतिस्पर्धी रहेका अर्याल डीआईजी बन्ने निश्चित छ ।

कानुन महाशाखामा अहिले १४ जनाको दरबन्दी छ । त्यसको प्रमुख रहेका एसएसपी अर्याल सि.सं. २ मा सशस्त्रको खुला इन्स्पेक्टरमा नाम निकालेका व्यक्ति हुन् । २०७२ सालमा तत्कालीन आईजीपी कोषराज वन्तको पालामा सशस्त्रमा कानुन र लेखा शाखा छुट्याइयो । त्यतिबेला अर्याल कानुनमा बसे ।

उनी एसपी हुँदासम्म कानुन शाखाको भरमा थियो । अर्याललाई एसएसपी बनाउने बेलामा कानुन शाखालाई महाशाखा बनाइयो । अहिले फेरि उनै अर्याललाई डीआईजी बनाउन महाशाखालाई निर्देशनालय बनाउन खोजिएको छ ।

जबकि, उनैसँग भर्ना भएका सि.सं. २ का इन्स्पेक्टरहरू अझै एसपीसमेत छन् । अर्यालको ट्वाइसी अर्थात् सेकेन्ड म्यानमा सि.सं. ४ का एसपी छवि पाण्डे छन् । भर्खरै एसपीमा बढुवा भएका पाण्डेलाई अब रिक्त हुने एसएसपीमा बढुवा अनि २०८५ मा अर्याल अवकाशमा गएपछि डीआईजी बढुवा हुने सम्भावना रहन्छ । जबकि, त्यतिबेला उनीसँगै भर्ना भएका सि.सं. का इन्स्पेक्टरहरू डीएसपीमै कार्यरत रहन्छन् । यसले संगठनभित्र चरम निराशा हुने बताइएको छ ।

सशस्त्र प्रहरीमा यसरी हचुवाको भरमा विगतदेखि नै दरबन्दीमा चलखेल हुँदै आएको छ । कुनै वैज्ञानिक अध्ययन अथवा संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) को निष्कर्षको आधारमा भन्दा आफू निकटका व्यक्तिहरूलाई बढुवा गर्ने योजना अनुसार दरबन्दी थप गर्ने परिपाटी छ ।

प्रहरीको कर्मचारी प्रशासनबाट अवकाशप्राप्त एसपी रविन्द्र रेग्मी आफू निकटका व्यक्तिलाई स्वार्थ अनुसार बढुवा गर्न हचुवाको भरमा उच्च तहका दरबन्दी थपिने पुरानै परिपाटी रहेको बताउँछन् ।

कुनै समय सशस्त्र प्रहरी बलमा एआईजीको संख्या ११ सम्म पुर्‍याइएको थियो । ३० पुस २०७४ को मन्त्रिपरिषद् बैठकले ५ एआईजीको दरबन्दी थप्ने निर्णय गरेसँगै सशस्त्र प्रहरीमा एआईजीको संख्या ११ पुगेको थियो ।

१५ चैत २०७४ मा अवकाशमा जान लागेका डीआईजीहरू जानकी भट्टराई, खडानन्द चौधरी, सुवोध अधिकारी, राजेश श्रेष्ठ र निराकारविक्रम शाहलाई बढुवा गर्नकै लागि दरबन्दी थप गरिएको थियो । अनौठो त के थियो भने अवकाशसँगै ती दरबन्दीहरू खारेज हुनेगरी उनीहरूको बढुवा गरिएको थियो ।

उक्त निर्णय गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधि थिए भने बढुवा भएका सबै कांग्रेस निकट मानिन्थे ।

झापाका भट्टराई कांग्रेस नेता ज्ञानेन्द्र कार्की र कृष्ण सिटौलासँग निकट मानिन्थे । उता, शाह भने आरजु राणाका भाइ भुषणका साथी थिए । भुषणमार्फत नै शाह एआईजी बढुवा हुन सफल भएका थिए । अधिकारीले भने पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीकी बहिनी बिहे गरेका थिए । त्यही साइनो जोडेर उनी पनि बिना दरबन्दी एआईजीमा बढुवा हुन सफल भएका थिए ।

कांग्रेस नेता विजय गच्छदार निकट मानिने चौधरीको पनि सोहीबेला बढुवा भएका थिए ।

अवकाश हुने बेलासम्म करिब तीन महिनासम्म उनीहरू जिम्मेवारीविहीन (फाजिल) मै रहेका थिए । उनीहरू अवकाशमा गएसँगै सशस्त्रमा एआईजीको संख्या ६ मा झर्‍यो । सशस्त्र प्रहरी एकेडेमी, सीमा सुरक्षा विभाग, कार्य विभाग, मानव स्रोत विभाग, प्रशासन विभाग र उपत्यका मुख्यालयमा गरी ६ वटा एआईजी रहने व्यवस्था सशस्त्र प्रहरीमा थियो ।

तर, राज्यलाई आर्थिक व्ययभार थपिएको भन्दै केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले २७ जेठ २०७५ मा ६ दरबन्दी कटौती गरेर दुईमा झारिदियो । मानव स्रोत र प्रशासन विभागलाई गाभियो भने कार्य र सीमा विभागलाई मिलाएर एउटा विभाग बनाइयो । उता, एकेडेमी र उपत्यका मुख्यालय हेर्ने एआईजीको दरबन्दी भने कटौती नै गरियो ।

२१ भदौ २०७९ को मन्त्रिपरिषद् बैठकले कार्य विभागबाट सीमा विभागलाई छुट्याएर अलग गर्ने भन्दै एक एआईजीको दरबन्दी थप्यो । अहिले सशस्त्रमा कार्य, सीमा र मानव स्रोत तथा प्रशासन विभागमा गरी तीन एआईजीको दरबन्दी छ ।

यस्तै शैलीमा आफ्ना नातेदारलाई बढुवा गर्न अहिले गृहमन्त्री ओमप्रकाश अर्यालको प्रस्तावमा सशस्त्रमा डीआईजीको दरबन्दी थप भएको छ । यसबारे प्रतिक्रिया लिन खोज्दा मन्त्री अर्यालले फोन उठाएनन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More