― Advertisement ―

‘एआई जीवनमा एक पटकको अवसर हो’: अमेजनका सीईओ एन्डी जसीले एआईको भविष्यको लागि आफ्नो ‘6 सत्यहरू’ राख्छन्।

Amazon CEO Andy Jassy ले कम्पनीमा AI को भविष्यको बारेमा आफ्नो दृष्टिकोणलाई रेखांकित गर्नुभएको छ, छ वटा "प्रविधिले के गर्न सक्छ र मुख्य कुराहरू...
Homeअन्तर्राष्ट्रिय५ वर्षपछि भारत-चीनबीच प्रत्यक्ष हवाई उडान सुरु – KhabarHost

५ वर्षपछि भारत-चीनबीच प्रत्यक्ष हवाई उडान सुरु – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • भारत र चीनबीच पाँच वर्षपछि प्रत्यक्ष हवाई उडान पुनः सुरु भएको छ।
  • सोमबार इन्डिगो एयरलाइन्सको फ्लाइट ६ई-१७०३ भारतको कोलकाताबाट चीनको ग्वाङ्जाउ अवतरण भएको छ।
  • कोभिड महामारी र गलवान झडपपछि स्थगित उडानहरू पुनः सञ्चालनमा आएको र यसले द्विपक्षीय सम्बन्ध सुधारमा सहयोग गर्नेछ।

१० कात्तिक, काठमाडौं। ५ वर्षपछि भारत र चीनबीच पुनः प्रत्यक्ष हवाई उडान सुरु भएको छ ।

सोमबार भारतको कोलकाताबाट करिब १८० यात्रु लिएर इन्डिगो एयरलाइन्सको फ्लाइट ६ई-१७०३ सोमबार चीनको ग्वाङ्जाउ अवतरण भएको हो।

यससँगै करिब पाँच वर्षपछि भारत र चीनबीच प्रत्यक्ष हवाई उडान पुनः सञ्चालनमा आएको हो।

कोभिड महामारीको समयमा सन् २०२० को सुरुवातमै दुवै देशबीचको प्रत्यक्ष उडान स्थगित गरिएको थियो।

त्यही वर्ष लद्दाखको गलवान क्षेत्रमा भारत र चीनका सेनाबीच भएको हिंसात्मक झडपपछि उडानहरू फेरि पनि सुरू गरेका थिएनन् ।

तर अहिले दुवै देशबीचको सम्बन्ध क्रमशः सुधारिँदै गएको छ। गत वर्ष दुवै पक्षले सीमा क्षेत्रमा गस्तीसम्बन्धी ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका थिए।

यस वर्ष अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सात वर्षपछि चीन भ्रमणमा गएका थिए र सोही महिनामा चीनका विदेशमन्त्री वाङ यी पनि भारत आएका थिए।

भारत सरकारका अनुसार उडान पुनः सञ्चालनले दुवै देशका नागरिकबीच प्रत्यक्ष सम्पर्क बढाउनेछ र ‘द्विपक्षीय सम्बन्धलाई बिस्तारै सामान्य बनाउन’ सहयोग गर्नेछ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More