― Advertisement ―

NYT Strands बुधवार, अप्रिल 15 को लागि संकेत र जवाफ (खेल #773)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT puzzleran मा तपाइँको दिनको मिड जोन – एक नयाँ समय देखा पर्दछ। जसको मतलब कोही मान्छे सधैं 'आजको खेल'...
HomeLatest news५ बजेसम्म विशेष महाधिवेशनको पक्षमा २ हजार ३५ जनाले गरे हस्ताक्षर

५ बजेसम्म विशेष महाधिवेशनको पक्षमा २ हजार ३५ जनाले गरे हस्ताक्षर


राष्ट्रिय

समाचार.

  • काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ।
  • महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन आह्वान गरेका छन्।
  • साँझ ५ बजेसम्म २ हजार ३५ जनाले नाम दर्ता गराएका छन् र शुल्क एक हजार तोकिएको छ।

२७ पुस, काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका हुन् । सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै विशेष महाधिवेशनको आह्वान गरे ।

विशेष महाधिवेशनको उद्घाटनस्थलमा सहभागी भएर साँझ ५ बजेसम्म २ हजार ३५ जनाले नाम दर्ता गराएको सचिवालयले जानकारी दिएको छ । बिहान ८ बजेदेखि दर्ताको काम सुरु भएको हो ।

महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता गर्ने काम भइरहेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ ।

महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ (२) बमोजिम विशेषको माग गरेका थिए ।

कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More