― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest news५० वर्षपछि येँगा हिटीमा खस्यो पानी, अमेरिकाको एएफसीपी कोषद्वारा जीर्णोद्वार

५० वर्षपछि येँगा हिटीमा खस्यो पानी, अमेरिकाको एएफसीपी कोषद्वारा जीर्णोद्वार


राष्ट्रिय

समाचार.

  • काठमाडौं महानगरको वडा नम्बर २१ यंगालको येँगा हिटीमा ५० वर्षपछि पहिलोपटक पानी खसेको छ।
  • अमेरिकी दूतावासले वर्ल्ड मोनुमेन्ट्स फन्ड र चिभा चैत्य अर्गनाइजेसनसँगको साझेदारीमा येँगा हिटीको जीर्णोद्धार गरेको छ।
  • कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले सांस्कृतिक संरक्षण र आर्थिक वृद्धिका लागि अमेरिकी सहयोग निरन्तर रहने बताए।

काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल शनिबार खुसी थिइन् । उनको जन्मथलो पर्ने महानगरको वडा नम्बर २१ स्थित यंगालको येँगा हिटी (ढुंगेधारा) मा पहिलोपटक कलकल पानी आएको थियो ।

पानी लिन ग्यालिन बोकेर जानुपर्ने बाल्यकाल उनले सम्झिइन् । उनलाई अहिले पनि याद छ, सानो हुँदा यंगालले पानीको समस्या निकै झेलेको थियो । बाटो हिँड्दा पनि उनले येँगा हिटी सँधै बन्द रहेको र बेवास्ता गरिएको स्थान जस्तो देखेकी थिइन् ।

शनिबार पहिलोपटक घर नजिकैको हिटीमा खसेको पानी देख्दा उनले फोटो खिचाइन् र बाल्यकाल स्मरण गरिन् । उनीजस्तै, यंगालका स्थानीय बासिन्दा हिटीमा पानी आउन थालेपछि औधी खुसी छन् ।

लिच्छविकालिन उक्त हिटीमा ५० वर्षपछि पहिलोपटक पानी खसेको छ । वरपरका अग्ला कंक्रिटको घरले घेरिएको हिटीका ३ वटा धारामा अहिले पानी आइरहेको छ । लामो समयपछि पुनर्जीवन पाएको उक्त हिटीको पुननिर्माण सम्पन्न खुसी भएको खुसीमा शनिबार यंगालमा उत्सवको माहोल थियो ।

काठमाडौँस्थित अमेरिकी दूतावासले वर्ल्ड मोनुमेन्ट्स फन्ड र चिभा चैत्य अर्गनाइजेसनसँगको साझेदारीमा उक्त हिटीको जिर्णोद्धार गरेको थियो । अमेरिकाको राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) को अनुदानमार्फत गरिएको सहयोगमा यो परियोजना सफल भएको हो ।

उपमेयर डंगोलसहित स्थानीय अगुवा र सरकारी अधिकारीसँग सहभागी हुँदै कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले ५० वर्षमा पहिलोपटक हिटीमा पानी खस्नु सार्थक उपलब्धि रहेको बताए ।

सो अवसरमा बोल्दै मिक्सले नेपालको सांस्कृतिक सम्पदाको सुरक्षा गर्न, पर्यटन क्षेत्रमा नेपाली तथा अमेरिकी आगन्तुक तथा व्यवसायलाई लाभ पुर्‍याउने आर्थिक वृद्धिलाई बढवा दिन अमेरिकी सहयोग निरन्तर रहने बताए ।

‘सांस्कृतिक सुरक्षा र उत्थानशिलताले दुवै मुलुकको साझा भविष्यलाई बलियो बनाउनेछ’ कार्यवाहक राजदूत मिक्सले भने । उनले जीर्णोद्धार गरिएको उक्त परियोजनालाई सम्भव बनाएका साझेदारलाई धन्यवाद ज्ञापन गरे ।

“येँगा हिटीको जीर्णोद्धार केवल एउटा सम्पदा स्थलको मर्मत कार्य मात्र नभई १५ सय वर्षभन्दा अघिदेखि यो समुदाय र नेपाल राष्ट्रकै सेवा गर्दै आएको एउटा जीवन्त जलस्रोत प्रणालीको नवीकरण पनि हो’ उनले भने, ‘अमेरिका र नेपालबिचको मजबुत र चिरस्थायी साझेदारीप्रति अमेरिकी दूतावास प्रतिबद्ध रहेको छ । हामी सांस्कृतिक संरक्षण, सामुदायिक उत्थानशीलता र दुवै देशको समृद्ध भविष्यलाई सहयोग पुर्‍याउन जारी राख्नेछौं ।’

सो जीर्णोद्धार कार्य काठमाडौँ उपत्यकाका हिटी र जलसम्पदा पुनस्र्थापना परियोजना” को एक हिस्सा रहेको दूतावासले जनाएको छ । यो प्रोजेक्टको लागि २ लाख ७५ हजार अमेरिकी डलर बराबरको एएफसीपी अनुदान सहयोग प्रदान गरिएको थियो ।

उक्त परियोजनाले काठमाडौँ उपत्यकामा कम्तीमा ३ वटा परम्परागत हिटीहरूको जीर्णोद्धार गर्ने, विद्यार्थी र सम्पदा पेसाकर्मीलाई व्यावहारिक तालिमका अवसर प्रदान गर्ने र दीर्घकालीन संरक्षण योजना निर्माणमा मद्दत गर्ने लक्ष्य लिएको जनाइएको छ ।

येँगा हिटी एक वर्ष लामो मिहिन अध्ययन, अभिलेखीकरण र जीर्णोद्धारपश्चात् सम्पन्न गरिएको पहिलो स्थल हो । हिटीको जीर्णोद्धार येँगा क्लब, चिभा चैत्य अर्गनाइजेसन, पुरातत्व विभाग र स्थानीय तथा प्रदेश सरकारहरूसँगको बलियो सहकार्यमार्फत भएको हो ।

सन् २००३ यता, एएफसीपीमार्फत अमेरिकी सरकारले नेपालमा २८ वटा सांस्कृतिक संरक्षण परियोजनामा झन्डै ४६ लाख अमेरिकी डलरको सहयोग गरेको छ, जसले नेपाललाई एएफसीपी कार्यक्रमको सबैभन्दा सक्रिय र महत्ववपूर्ण साझेदार मध्ये एक बनाएको पनि छ ।

उक्त कार्यक्रममा काठमाडौं महानगर उपप्रमुख डंगोलले काठमाडौंमा रहेका यस्ता धेरै हिटीको पुनस्र्थापना जरुरी रहेको बताइन् । नयाँ पुस्तामा हिटी पुनस्र्थापनाको चेतना जरुरी रहेको बताउँदै उनले महानगरले मूर्त र अमूर्त सम्पदालाई संरक्षण गर्ने कार्यको थालनी गरेको बताइन् ।

‘सम्पदालाई जीवित तुल्याउन स्थानीय समुदाय जागरुक हुनु जरुरी छ । त्यसपछि दिगो विकास हुनसक्छ’ उनले भनिन् ।

पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले सम्पदामैत्री संरचना बनाउन जरुरी रहेको बताइन् । येंगा हिटीको उत्खनन गर्दा त्यहाँ लिच्छविकालिन र विभिन्न समय दर्शाउने शिलालेख, पौवाका भित्ता, भूमिगत पानी र पाइप भेटिएको उनले बताइन् ।

‘सम्पदा संरक्षण सबैको दायित्व हो । संरचना बनाउँदा पनि इकोलोजी, भौगर्भिक स्थिती र परम्परागत सीपलाई मिलाएर गर्नुपर्छ’ उनले भनिन् । लिच्छविकालिन उक्त हिटीलाई अझै पुननिर्माण गर्न बाँकी रहेको बताउँदै यसको लागि आफूहरूले काम गरिरहेको बताइन् ।

सो अवसरमा हिटी सम्बन्धी पुस्तक सार्वजनिक गरियो । साथै, २० जना कलाकारले तयार पारेका हिटी, पानीसँगको सम्बन्ध र कला दर्शाउने पेन्टिङ कला प्रदर्शनीमा राखिएको थियो, जसलाई अतिथिले अवलोकन पनि गरे ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More