― Advertisement ―

यस पूर्व-निर्मित गेमिङ पीसीमा RTX ५०६० र Best Buy मा ३२GB DDR5 RAM सँग $200 छुट प्राप्त गर्नुहोस्

हालसालै राम्रो मूल्यमा PC पार्ट्सहरू फेला पार्न गाह्रो भइरहेको छ, विशेष गरी चलिरहेको RAM संकटको साथ। धन्यबाद, तपाईंले अहिले नै सबै समस्याहरू बाइपास...
HomeLatest news२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता

२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता


राष्ट्रिय

समाचार.

  • सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानबीच २७ बुँदे मागमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
  • मन्त्री जगदीश खरेल र महाअभियानका दुर्गा प्रसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
  • मागपत्रमा संविधान खारेज, राजसंस्था पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र बैंक ऋण मिनाहाका माग समावेश छन्।

२ माघ, काठमाडौं । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

२७ बुँदे माग र सवालका विषयमा नेपाल सरकारका तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र महाअभियानका तर्फबाट दुर्गा प्रसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

२६ कात्तिकमा महाअभियानले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका थिए ।

मागपत्रमा संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन् । साथै बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाका माग पनि प्रसाईंले राखेका छन् ।

पहिलो नम्बरमा नेपाल नेपालीले नै बनाउने र यहाँको व्यापार पनि नेपालीले नै गर्न पाउने वातावरण बनाउन माग गरेका राखेका छन् ।

त्यस्तै संविधान खारेज गरी बौद्ध किराँत सहित वैदिक सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य र संवैधानिक राजसंस्थाको स्थापना गरिनुपर्ने माग गरिएको छ । यो विषय जनमत संग्रहमार्फत टुंग्याउनुपर्ने पनि माग उनको छ ।

त्यस्तै प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला पुरानै अवस्थामा कायम गर्नुपर्ने माग छ । बैंक वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाई बैंक र व्यवसायीलाई छुट्याउनुपर्ने माग गरिएको छ ।

को हुन् सहजकर्ताहरु ?

सरकार र प्रसाईंबीच वार्ताका लागि अधिवक्ताद्वय लबन न्यौपाने र विनोदमणि भट्टराईले सहजकर्ताको भूमिका खेलेका थिए ।

उनीहरुले विगत १० वर्षदेखि कुनै राजनीतिक दल निकट नरही स्वतन्त्ररुपमा कानून व्यवसाय गरिरहेका छन् ।

उनीहरुले जेनजी विद्रोहपछि पनि सम्भावित हिंसाका घटनाहरुबाट मुलुकलाई हुन सक्ने थप क्षतिबाट जोगाउन र राज्यले थप द्वन्द्व धान्न नसक्ने निश्कर्ष निकाल्दै प्रसाईको आन्दोलनलाई वार्ता र सम्बाद मार्फत हल गर्न गृहमन्त्री ओमप्रकाश अर्याल मार्फत लबिङ गरेका थिए ।

सोही अनुसार सरकारले समेत अधिवक्ताद्वयको प्रयत्नलाई नजिकबाट नियालेर सरकार र दुर्गा प्रसाईबीच वार्ताको सहजीकरण गरिदिन अनुरोध गरे पश्चात् दुईपक्ष बीच विभिन्न चरणमा वार्ता सम्भव भएको थियो ।





Read More