― Advertisement ―

धेरै कम्पनीहरूले मार्केटिङ इमेलहरू पठाइरहन्छन् जबकि ती अभियानहरूले वास्तवमा राजस्व उत्पन्न गर्छन् वा मापनयोग्य प्रभाव बिना नै गायब हुन्छन्।

अधिकांश ईमेल ट्र्याकहरू फिर्ता गर्न सक्दैनन्। अभियानहरूसशक्त ROI सक्रिय रूपमा कार्यसम्पादन मापन गर्ने कम्पनीहरूका लागि मात्र अवस्थित छधेरै टोलीहरू गहिरो अप्टिमाइजेसन रणनीतिहरू बिना सामग्री...
HomeLatest news२४ विधामा ‘अस्कर अवार्ड २०२६’ को मनोनयन घोषणा (सूचीसहित)

२४ विधामा ‘अस्कर अवार्ड २०२६’ को मनोनयन घोषणा (सूचीसहित)


राष्ट्रिय

समाचार.

  • ९८ औं अस्कर अवार्डको मनोनयन २४ विधामा सार्वजनिक भएको छ र सर्वश्रेष्ठ फिल्मबाहेकका विधामा ५-५ जना मनोनित भएका छन्।
  • फिल्म ‘सिनर्स’ १६ विधामा मनोनित भएर इतिहासमै सर्वाधिक विधामा मनोनयन पाउने फिल्म बनेको छ।
  • अस्कर अवार्ड वितरण १५ मार्च २०२६ मा हुनेछ र मनोनित फिल्ममाथि २६ फेब्रुअरीदेखि अन्तिम मतदान सुरु हुनेछ।

लस एन्जलस । ९८ औं अस्कर अवार्डको मनोनयन घोषणा भएको छ । कलाकार लुइस पुलम्यान र ड्यानियल ब्रुक्सले सन् २०२६ को मनोनयन नेपाली समयानुसार बिहीबार बेलुका सार्वजनिक गरे ।

कुल २४ विधामा मनोनयन घोषणा भएको हो । सर्वश्रेष्ठ फिल्मबाहेकका विधा ५-५ वटा मनोनयन घोषणा गरिएको छ । मनोनित फिल्ममाथि २६ फेब्रुअरीदेखि अन्तिम मतदान हुने जनाइएको छ ।

मनोनयन सूची हेर्दा ‘सिनर्स’ १६ विधामा मनोनित छ भने ‘वान ब्याटल आफ्टर एनदर’ १३ विधामा । ‘सिनर्स’ इतिहासमै सर्वाधिक विधामा अस्कर मनोनयन हुने फिल्म समेत बनेको छ ।

अस्कर अवार्ड वितरण चाहिँ १५ मार्चमा हुनेछ ।

सर्वश्रेष्ठ फिल्म :

बुगोनिया
एफ-वान
फ्रान्केन्सटाइन
ह्याम्नेट
मार्टी सुप्रिम
वान ब्याटल आफ्टर एनदर
द सेक्रेट एजेन्ट
सेन्टिमेन्टल भ्यालु
सिनर्स
ट्रेन ड्रिम्स

सर्वश्रेष्ठ अभिनेत्री

जेसी बकली, ह्याम्नेट
रोज बायरन, इफ आइ ह्याड लेग्स आइड किक यु
केट हडसन, सङ सङ ब्लु
रेनाटे रेइन्सवे, सेन्टिमेन्टल भ्यालु
एम्मा स्टोन, बुगोनिया

सर्वश्रेष्ठ अभिनेता

टिमोथी शालामे, मार्टी सुप्रिम
लियोनार्डो डिकाप्रियो, वान ब्याटल आफ्टर एनदर
इथान हक, ब्लु मुन
माइकल बी. जोर्डन, सिनर्स
वाग्नर मोरा, द सेक्रेट एजेन्ट

उत्कृष्ट भिजुअल इफेक्ट्स

अवतार : फायर एन्ड एश
एफ–वान
जुरासिक वल्र्ड रिबर्थ
द लस्ट बस
सिनर्स

सर्वश्रेष्ठ ध्वनि

एफ-वान
फ्रान्केन्सटाइन
वान ब्याटल आफ्टर एनदर
सिनर्स
सिरात
ट्रेन ड्रिम्स

सर्वश्रेष्ठ छायांकन

फ्रान्केन्सटाइन
मार्टी सुप्रिम
वान ब्याटल आफ्टर एनदर
सिनर्स

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर

ब्राजिल, द सेक्रेट एजेन्ट
फ्रान्स, इट वाज जस्ट एन एक्सिडेन्ट
नर्वे, सेन्टिमेन्टल भ्यालु
स्पेन, सिरात
ट्युनिसिया, द भोइस अफ हिन्द रजब

विस्तृत सूची हेर्न अस्करको यो लिंक क्लिक गर्नूस ।





Read More