― Advertisement ―

एआई डाटा केन्द्रहरूले ग्रहलाई पकाउँदै छन्, चरम ताप टापुहरू सिर्जना गर्दै छन् जसले लाखौं शहरहरू र ग्रामीण क्षेत्रहरूमा समान रूपमा असर गर्छ।

एआई डेटा केन्द्रहरू चरम माइल विस्तार गर्दै छन्। सुविधाहरू340 मिलियन भन्दा बढी मानिसहरूले हाइपरस्केल AI सुविधाहरूको कारणले उच्च तापक्रम अनुभव गर्छन्डेटा केन्द्रहरू नजिकै 16.4...
Homeजीवनशैली/स्वास्थ्य२०० वर्षदेखि लोकप्रिय रहेको ‘पोल्का डट’ फेसन – KhabarHost

२०० वर्षदेखि लोकप्रिय रहेको ‘पोल्का डट’ फेसन – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सन् १९८८ मा राजकुमारी डायनाले रोयल आस्कटमा पोल्का डट पहिरन लगाएकी थिइन् भने अहिले क्याथरिनले पनि सोही शैली अपनाएकी छिन्।
  • पोल्का डट फेसन १९औं शताब्दीमा नकारात्मक दृष्टिले हेरिन्थ्यो तर अहिले सेलिब्रेटी र डिजाइनरहरूले यसलाई लोकप्रिय बनाएका छन्।

सन् १९८८ मा राजकुमारी डायना जब रोयल आस्कटमा पुगिन्, त्यहाँ उनको पोल्का डट (थोप्ला) भएको पहिरन र आकर्षक टोपीले सबैको ध्यान खिचिरहेको थियो ।

त्यसको करिब तीन दशकपछि सोही घोडा दौड कार्यक्रममा वेल्सकी राजकुमारी क्याथरिनले पनि आफ्नी दिवङ्गत सासूको जस्तै पहिरन लगाएर गएकी थिइन् । त्यसबेला पनि माहोल उस्तै भयो ।

डिजाइनर अलेस्सान्द्रा रिचले बनाएको त्यो लुगाको घाँटी लामो थियो । त्यसमा मुजा परेको डिजाइन पनि थियो । तर खास चैं कहिल्यै पुरानो नलाग्ने थोप्ला (डट) को बुट्टा पनि थियो ।

यी उदाहरण दिनुको कारण, फेसन इतिहासमा पोल्का डटको लोकप्रियता हो । जुन राजपरिवारदेखि सेलिब्रेटीहरूसम्म ठोकिन्छ । अनि त्यसबेला पनि पोल्का डट उस्तै प्रख्यात थियो, अहिले पनि यो उस्तै छ ।

गत जुलाईमा लस एन्जलसमा ‘विपन्स’ फिल्मको प्रिमियरमा अभिनेत्री जुलिया गार्नरले गुच्चीको क्रुज २०२६ सङ्ग्रहबाट एउटा काँधमा मात्र लगाइने सानो पोल्का डट भएको गाउन लगाएकी थिइन् ।

त्यसको एक दिनअघि रोज बायर्नले ‘प्लाटोनिक’ को दोस्रो सिजनको प्रिमियरमा बर्नाडेट नामक ब्रान्डको कालो र सेतो पोल्का डट भएको पहिरन लगाएकी थिइन् ।

यसबाहेक हेली बीबर, रिहाना र एएसएपी रक्कीले पनि हालै पोल्का डट फेसनमा सजिएर खिचेका केही फोटोहरू शेयर गरेका थिए । यता फेसनमाथि लेख्ने चर्चित भोग म्यागजिनले त हालो समयलाई ‘पोल्का डटको ग्रीष्म ऋतु’ भनेर घोषणा नै गरेको छ ।

त्यस्तै सामाजिक सञ्जाल पिन्टरेस्टले यसलाई शरद ऋतु २०२५ को शीर्ष प्रचलनमध्ये एकको रूपमा नाम दिएको छ । सो प्लेटफर्मका अनुसार ‘पोल्का डट पहिरन’ अघिल्लो
वर्षको तुलनामा १,०२६ प्रतिशतले वृद्धि भएको छ । अनि ‘पोल्का डट नङ’ १,२९६ प्रतिशत ले बढेको छ ।

फेसन उद्योगमा यति धेरै प्रख्यात पोल्का डटलाई सुरुवाती समयमा नकारात्म दृष्टिले हेरिन्थ्यो ।

दागयुक्त विगत

राष्ट्रिय सङ्ग्रहालय स्कटल्यान्डमा आधुनिक र समकालीन डिजाइनका प्रमुख क्युरेटर जर्जिना रिप्लेका अनुसार औद्योगिक क्रान्तिका समयमा हातले काम गर्ने तरिकाबाट मेसिनमा सरेपछि पहिलो पटक पूर्णरूपमा गोलो र समान दूरीका थोप्लाहरू बनाउन सम्भव भयो ।

त्यसले गर्दा १९औं शताब्दीमा बुट्टा भएका कपडाहरूको माग बढ्यो । त्यसै समयमा सन् १८४० को दशकतिर युरोप र संयुक्त राज्य अमेरिकाभर चेक पोल्का नृत्यको लहर चल्यो । पोल्का नाम धेरै लोकप्रिय सामानहरूसँग जोडिएको थियो । तर यो कपडाको बुट्टासँग जोडिएर आजसम्म आइपुगेको छ ।

यद्यपि धेरै शताब्दीअघि कुनै पनि प्रकारका थोप्लाहरूलाई शङ्काको दृष्टिले हेरिन्थ्यो । प्राय: नकारात्मक दृष्टिले । उनै रिप्ले पनि प्लेग, कुष्ठरोग, बिफर, सिफिलिस र दादुरा जस्ता रोगहरूबाट हुने घाउहरूसँग मिल्दोजुल्दो भएकाले थोप्लाहरूलाई खराब स्वास्थ्य, सङ्क्रमण र अस्वच्छतासँग जोडेर हेर्ने गरिन्थ्यो ।

यो सोच १९औं शताब्दीको सुरआततिर मात्र फेरिएको थियो । किनकि प्रविधिमा आएको विकासले बुट्टाको अझ राम्रो प्रस्तुतीकरण भएको थियो । जसले गर्दा यस डिजाइन भएका कपडालाई आधुनिकतासँग जोडेर हेरिन थालियो ।

मान्छेहरूको स्वभाव नै सबैभन्दा नयाँ फेसनको लुगा लगाउन चाहने हुन्छ । यही कारण मेसिनले बुनेका पोल्का डट भएका कपडाहरू समाजका धनी महिलाहरूमाझ लोकप्रिय बन्न पुगेको थियो ।

त्यसमा अन्य केही घटनाहरूको भूमिका छ ।

जस्तो: सन् १८२७ मा न्यु योर्कको एक म्युजिमको फेसन प्लेट नामक कार्यक्रम एउटी महिलाले गुलाबी र कालो पोल्का डट भएको फ्रक लगाएकी थिइन् । त्यसले पनि तत्कालीन समाजमा पोल्का डटको प्रभाव छाडेको थियो ।

सन् १९२६ की मिस ओक्लाहोमा र सोही वर्षको मिस अमेरिका प्रतियोगिताकी विजेता नोर्मा स्मलवुडले प्रतियोगितामा पोल्का डट भएको स्विमसुट लगाएकी थिइन् । अनि त्यसको दुई वर्षपछि अर्थात् सन् १९२८ मा वाल्ट डिज्नीले मिन्नी माउसलाई रातो पोल्का डट भएको लुगा र मिल्दो रिबनमा देखाएको थियो ।

यीकारण १९२० को दशकमा पोल्का डट प्रख्यात हुन गयो । त्यसपछिका हरेक दशकको पप संस्कृतिमा पोल्का डट देखिँदै आइरहेको छ ।

उदाहरणका लागि, सन् १९४२ को फिल्म ‘वुमन अफ द इयर’मा क्याथरिन हेपबर्नको कालो र सेतो पोल्का डट भएको पेन्टसुट चलचित्रको सबैभन्दा यादगार फेसन पलहरूमध्ये एक थियो । त्यस्तै १९५० को दशकमा मर्लिन मुनरो, १९६० को दशकमा ट्विगी, १९८० को दशकमा राजकुमारी डायना र प्रिटी वुमन (१९९०) फिल्म आदिले पनि पोल्का डटलाई आजको स्थानमा ल्याउन ठूलो भूमिका खेले ।

त्यससँगै ब्रान्डहरूले पनि यसलाई लोकप्रिय बनाउन भूमिका खेले ।

उदाहरणका लागि, जापानी डिजाइनर रेई कावाकुबोले स्थापना गरेको कम डेस गार्कोंस प्लेले पोल्का डट भएको टिसर्ट र जुत्तालाई लोकप्रिय फेसन वस्तुमा परिणत गरेको छ । त्यसमाथि जापानी कलाकार यायोई कुसामाले त आफ्नो जीवनभर पोल्का डटलाई लिएर काम गरिन् । जसले उनलाई जीवित कलाकारमध्ये सबैभन्दा धनिमध्येको एक बनायो ।

हालको अवस्था

अहिले पनि पोल्का डट फेसनमा आउने जाने गरिरहेको छ । विशेष गरी यसलाई अहिले सेलिब्रेटीहरूले प्रख्यात बनाउने काम गरिरहेका छन् । अनि फेसन डिजाइनरहरूले समेत यसमा विभिन्न फरकफरक डिजाइन ल्याइरहेका छन् । यसमा भिन्नभिन्न तरिकाले डिजाइन गर्न सकिन्छ ।

मुलत: पोल्का डट लुगाले लुक्सलाई ग्राफिकल र आकर्षक बनाउँछ । यसले सन्तुलन देखाउँछ । यसका भिन्नता र आकारहरूले मान्छेहरूलाई सजिलै प्रभाव पार्न सक्छ । यी विशेषताका कारण पोल्का डट फेसनमा व्यापक परिचित भएको हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More