― Advertisement ―

के तपाईको Xbox नियन्त्रकले हालसालै ब्याट्री समावेश नगरी पठाएको थियो? माइक्रोसफ्टले अन्ततः मुद्दालाई स्वीकार गरेको छ र खेलाडीहरूलाई ‘एक पटकको प्रस्ताव’ को साथ क्षतिपूर्ति...

केही Xbox ब्याटर शिपिङ बिना वायरलेस कन्ट्रोलरहरू छन्। महिनाहरूMicrosoft ले अब खेलाडीहरूलाई आफ्नो हराएको वस्तु नि:शुल्क दाबी गर्न "एक पटकको प्रस्ताव" प्रदान गरिरहेको छखेलाडीहरूले...
Homeराष्ट्रिय समाचार१५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने कांग्रेस संस्थापन पक्षको प्रस्ताव

१५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने कांग्रेस संस्थापन पक्षको प्रस्ताव



१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ ।

सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव भोलि बस्ने केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको हो ।

संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।

संस्थापन पक्षको भेलाले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनका लागि पार्टीका सबै तहलाई सक्रिय रहन आहवान गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी १५ पुसभित्र क्रियाशील सदस्य नवीकरण गरी नयाँ वितरण गरी सक्नु पर्ने, सम्पूर्ण तहमा घरदैलो अभियान सञ्चालन गर्दै निर्वाचनका लागि जागरण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने प्रस्तावमा दुवै पक्षबीच सहमति जुट्न नसक्दा यस अघि शुक्रबार र आइतबारका लागि डाकिएको बैठक स्थगित भएको थियो । बैठक भोलिका लागि डाकिएको छ ।

संस्थापन पक्षले पनि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गरिसकेका कारण भोलिको बैठकमा संस्थापन र संस्थापन इतर दुवै पक्षको प्रस्ताव पेस हुने देखिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More