काठ, प्लाइउड, लमिनेट र काठ प्रशोधन गर्ने मेसिनरी क्षेत्रसँग सम्बन्धित ११औँ नेपाल काठ अन्तर्राष्ट्रिय प्रदर्शनी २०२५ आजदेखि भृकुटीमण्डपको प्रदर्शनी हलमा सुरु भएको छ ।
फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालि र मिडिया स्पेस सोलुसन प्रालिले तीन दिने एक्स्पो आयोजना गर्दै आएका छन्।
एक्स्पोमा नेपाल, भारत, चीन, मलेसिया, जर्मनी, ताइवानलगायत देशको सहभागिता रहेको आयोजकले जनाएको छ । १० विभिन्न देशका २५० भन्दा बढी स्टलहरू छन् र एक्स्पोमा १५,००० भन्दा बढी व्यावसायिक आगन्तुकहरू आउने अपेक्षा आयोजकहरूले गरेका छन्।
नवीनता, दिगोपन र आधुनिकीकरणमा केन्द्रित एक्स्पोले काठ र फर्निचर उद्योगसँग सम्बन्धित नयाँ प्रविधि, उपकरण र सामग्रीहरू प्रदर्शन गरी व्यावसायिक सहकार्य र लगानीका अवसरहरू विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

