― Advertisement ―

Amazon को Ring क्यामेराहरू बजेटमा तपाईंको घर सुरक्षित गर्नको लागि उत्तम समाधान हो – $ 25.99 बाट आजको उत्कृष्ट डिलहरू किन्नुहोस्

जब मौसम न्यानो हुन थाल्छ, यो सधैं आफ्नो घरको सुरक्षा पुन: हेर्नु राम्रो विचार हो, र, संयोगवश, Amazon R.L. मा चलिरहेको क्यामेरा सबैभन्दा राम्रो...
HomeLatest newsहोराइजन क्लब वालिङले जित्यो २६औं आदर्श कप – KhabarHost

होराइजन क्लब वालिङले जित्यो २६औं आदर्श कप – KhabarHost


राष्ट्रिय

समाचार.

  • होराइजन क्लब वालिङले २६औं आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधि जितेको छ।
  • फाइनलमा होराइजन क्लबले गण्डकी प्रदेश प्रहरीलाई टाईब्रेकरमा पराजित गरेको हो।
  • विजेता होराइजनले ४ लाख ९९ हजार ९९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

१६ माघ, लेखनाथ (पोखरा) । होराइजन क्लब वालिङले २६औं आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधी जितेको छ ।

शुक्रबार भएको फाइनलमा होराइजन क्लबले गण्डकी प्रदेश प्रहरी टिमलाई टाईब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि १० मिनेटको समय थप गरिएको थियो । त्यसमा दुवैतर्फबाट थप गोल हुन नसक्दा टाईब्रेकरबाट नतिजा निकालिएको हो ।

त्यसअघि बसन्त बहादुर रानाले खेलको ६१औ मिनेटमा गोल गर्दै हवराइजनलाई अग्रता दिलाएका थिए । रोजल दाहालले दोस्रो हाफको इन्जुरी टाइममा गण्डकी प्रदेश प्रहरीका लागि बराबरी गोल फर्काएका थिए ।

विजेता होराइजनले  ४ लाख ९९ हजार ९९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । यसैगरी उपविजेत गण्डकी प्रदेश प्रहरीको टोलीले ३ लाख ३३ हजार ३३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पहात पार्‍यो ।

गण्डकी प्रदेश प्रहरीका रोजल दाहाल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

यस्तै होराइजनका टोप बहादुर राना उत्कृष्ट गोलकिपर, सन्दिप श्रेष्ठ उत्कृष्ट डिफेन्डर, गण्डकी प्रहरीका सुशिल लामा उत्कृष्ट मिडफिल्डर घोषित भए । होराइजनका सुन्दर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए ।

तनहुँ जिल्ला फुटबल विकास समिति एन्फा, तनहुँले फेयर प्लेर अवार्ड पायो ।

प्रतियोगिताको मुख्य प्रायोजक फस्ट चोइस फुड प्रालिका प्रतिनिधि मार्केटिङ म्यानेजर रमेश घिमिरे, क्लबका अध्यक्ष पदकम गुरुङ, क्लबका सल्लाहकार तथा प्रायोजक छत्रधर आत्रेय, पूर्व अध्यक्षहरु विजय गुरुङ, बिशाल श्रेष्ठ, संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ, सल्लाहकार मेजर रामप्रसाद गुरुङ, स्थानीय यातायातका केदार पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More