― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeजीवनशैली/स्वास्थ्य‘होमवर्क’ बालबालिकालाई होइन अभिभावकलाई, नर्सरीमै ट्युसन

‘होमवर्क’ बालबालिकालाई होइन अभिभावकलाई, नर्सरीमै ट्युसन


News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्री–नर्सरीका बालबालिकालाई बिहान ८ बजे स्कूल जानुपर्ने हुँदा अभिभावकले उनीहरूलाई बिहान ६ बजे उठाउनुपर्ने हुन्छ।
  • अहिलेका स्कूलले गृहकार्य अभिभावकलाई दिन्छन् ।
  • स्कूलले किताब, स्टेशनरी र ड्रेस स्कूलमै किन्नुपर्ने र यी खर्चहरू शुल्कभन्दा छुट्टै सूचीमा राखिएको छ।

पहिलेको समयमा अभिभावकहरू आफ्ना बालबालिकालाई नजिकको स्कूलमा भर्ना गरेर ढुक्क हुन्थे । उनीहरूको जिम्मेवारी केवल गृहकार्य गराउनु हुन्थ्यो । तर, समयसँगै स्कूल र बालबालिकाको पढाइको अवधारणा बदलिएको छ । अहिले प्री-नर्सरीमा पनि स्कूलले बालबालिकासँगै अभिभावकलाई व्यस्त राख्छ । साना-साना बालबालिकामाथि पढाइको यति धेरै दबाब छ कि, अभिभावकले उनीहरूका लागि ट्युसनमा हाल्नुपर्ने अवस्था छ ।

बिहानको स्कूल

जब बालबालिका धेरै साना हुन्छन्, विशेषगरी नर्सरी तहमा, उनीहरूको स्कुल बिहान ८ बजे नै सुरु हुन्छ । बिहान ८ बजे स्कूल खोल्नु बालबालिका र अभिभावकका लागि ठूलो चुनौती हो । बिहान उठेर तयार पार्न र स्कूल जान मनाउन कम्तीमा २ घण्टा त चाहिन्छ । यस्तोमा ८ बजेको स्कूलका लागि बालबालिकालाई ६ बजे उठाउनुपर्छ । साना बालबालिकाको स्कूल कम्तीमा १० बजेपछि हुनुपर्छ ।

गृहकार्य

अहिलेका स्कूलले गृहकार्य वा होम असाइनमेन्ट बालबालिकालाई होइन, अभिभावकलाई दिन्छन् । कहिले फलफूल लन्चको नाममा विभिन्न फलफूल ल्याउन भनिरहेका हुन्छन् । कहिले रङको थिममा, कहिले आकारमा, कागज काट्ने, रङ भर्ने, दशैं सजावटका सामान, फेन्सी ड्रेस, धेरै प्रिन्टआउटहरू र यस्तै अन्य । अभिभावकहरू बालबालिकालाई दिएको स्कूलको काममा व्यस्त रहन्छन्, जबकि बालबालिकालाई यी कुरासँग खासै मतलब हुँदैन ।

अनलाइन कक्षा

स्कुलमा गर्मी र जाडोको बिदासँगै विभिन्न चाडपर्वमा बिदा पनि हुन्छ । कतिपय अवस्थामा स्कूल बन्द भए पनि अनलाइन कक्षाहरू चलिरहन्छन् । प्री–नर्सरीमा पढ्ने बालबालिकालाई लगातार स्क्रिनको अगाडि राख्नु कति जायज छ ? एकातिर हामी स्क्रिन टाइम कम गर्नुपर्छ भन्छौं, अर्कोतिर अनलाइन कक्षा भनेर बिहान २ घण्टासम्म फोन, ल्यापटपको अगाडि राख्छौँ ।

त्यति मात्र होइन, यी अनलाइन कक्षाहरूमा अभिभावक पनि बालबालिकासँगै उत्तिकै व्यस्त हुनुपर्छ । किनभने साना बालबालिका धेरैबेर एकै ठाउँमा टिकेर बस्दैनन् । शिक्षकका निर्देशनहरू पनि बालबालिकाभन्दा बढी अभिभावकका लागि हुन्छन् ।

प्री–नर्सरीमै ट्युसन

प्री–नर्सरीमा पढाइको यति धेरै दबाब छ कि अभिभावकले घरमै ट्युशन लगाउनुपर्छ । एबीसीडी र कखगघ सिकाउन ट्युशन । अभिवभावकले पढाउन खोज्दा नपढ्ने खेल्न, अन्य कुरामा भुल्न बालबालिकालाई रुचि हुन्छ । यस्तोमा बाध्य भएर अभिभावकले ट्युशन पढाउनुपर्छ । अर्कोतिर, यो तहमा पनि बालबालिकाबीच बढ्दो प्रतिस्पर्धा देखेर अभिभावकले ट्युशन लगाउनु परेको छ ।

स्कूलको खर्च

भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, किताब, कापी कलम आदि । अझ बीच–बीचमा स्कूलले अभिभावकसँग पैसा उठाउने अनेक शीर्षकहरू निकालिरहेका हुन्छन् ।

यो सँगै प्रोजेक्ट वर्कका रुपमा विभिन्न सामान किन्नुपर्छ । चाडपर्वअनुसारका कपडा लगाएर पठाउनुपर्ने अनेक छन् । यी बाहेक पनि धेरै खर्चहरू छन्, जुन बिनाजानकारी आइरहन्छन् ।

स्टेसनरी र पोसाक पनि स्कुलमै

पहिले अभिभावकको एउटा निश्चित पसल हुन्थ्यो, जहाँबाट उनीहरूले बालबालिकाका किताबदेखि स्टेशनरीसम्म किन्थे । साना भाइ–बहिनीले ती किताब दोहोर्‍याएर पढ्थे । तर, अहिले किताब स्कूलमै किन्नुपर्छ किनभने बाहिर किनेको स्कूलले स्वीकार्दैन । यी किताबको मूल्य पनि निकै महँगो हुन्छ । यहाँसम्म कि यी किताबहरू स्कूलले आफैं राख्छ र गृहकार्य अनुसार १ वा २ किताब बालबालिकाको झोलामा राखिदिन्छ । स्कूल ड्रेस र त्यसको मूल्यको अवस्था पनि यस्तै छ ।

किताब र स्कूल ड्रेस मात्र होइन, एउटा पेन्सिल पनि स्कूलमै किन्नुपर्छ । यी खर्चहरू शुल्कभन्दा छुट्टै सूचीमा आउँछन् । यसमा पेन्सिल, सार्पनर, इरेजर, क्रेयोन, क्राफ्ट सामान आदि समावेश हुन्छन् । रमाइलो कुरा, स्कूलले यी सामान किनेपछि देखाउँदैन । यदि देखाउन भनियो भने जवाफ आउँछ, ‘सबै कक्षामा बालबालिकालाई दिइनेछ ।’ तर, गृहकार्यको कुरा आउँदा यिनै सामान, जस्तै क्रेयोन, पेन्सिल आदि घरमा पनि किनेर राख्नुपर्छ ।





Read More