― Advertisement ―

HomeLatest newsहोन्डाले २००१ देखि २०१४ सम्मका ६ मोडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गरिदिने

होन्डाले २००१ देखि २०१४ सम्मका ६ मोडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गरिदिने


राष्ट्रिय

समाचार.

  • स्याकार ट्रेडिङ कम्पनीले सन् २००१ देखि २०१४ सम्मका ६ मोडेल होन्डा गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने सेफ्टी रिकल अभियान सुरु गरेको छ।
  • यो अभियान होन्डा मोटर कम्पनी जापानको विश्वव्यापी अभियानको हिस्सा भएको कम्पनीले उल्लेख गरेको छ।
  • कम्पनीले ज्याज, अकर्ड, सीआर–भी, सिभिक, सिटी र स्ट्रिम मोडेलका गाडीधनीलाई आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी अपोइन्टमेन्ट लिन आग्रह गरेको छ।

२७ कात्तिक, काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै एक महत्त्वपूर्ण ‘सेफ्टी रिकल’ अभियान घोषणा गरेको छ ।

यस अभियान अन्तर्गत, कम्पनीले सन् २००१ देखि २०१४ सम्मका ६ मोडेलका होन्डा गाडीमा एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गरिदिने भएको छ ।

यो सेफ्टी रिकल अभियान होन्डा मोटर कम्पनी जापानको विश्वव्यापी अभियानको एक हिस्सा रहेको कम्पनीको भनाइ छ । ‘हाम्रो उद्देश्य पुराना गाडीहरूमा समयसँगै एयरब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित प्राविधिक समस्यालाई हटाइ ग्राहकको यात्रालाई थप सुरक्षित बनाउनु हो’ कम्पनीले भनेको छ ।

यस अभियान अन्तर्गत ज्याज, अकर्ड, सीआर–भी, सिभिक, सिटी र स्ट्रिम मोडेलका गाडी समावेश गरिएका छन् । कम्पनीले यी गाडीहरुको एयरब्याग कुनै पनि शुल्क नलिई दक्ष प्राविधिकहरूद्वारा परिवर्तन गरिदिने व्यवस्था मिलाएको छ ।

यी गाडीधनीलाई अभियानमा समावेश भए, नभएको एकीन गर्न र तुरुन्तै अपोइन्टमेन्टका लागि आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More