― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeराष्ट्रिय समाचारहुम्लामा बसाइँ सरेको एक वर्षपछि चीन जाने सीमा पास दिइने

हुम्लामा बसाइँ सरेको एक वर्षपछि चीन जाने सीमा पास दिइने


ताक्लाकोट बजार



१४ कात्तिक, हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाले बसाइँसराइँ गरेको एक वर्ष पूरा भएका बासिन्दालाई मात्र सीमा पास उपलब्ध गराउने भएको छ ।

हुम्ला प्रशासनले बसाइँसराइँ गरेको एक वर्ष पूरा भएका बासिन्दालाई छिमेकी देश चीनको ताक्लाकोट बजार जाने अस्थायी सीमा पास दिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको बैठकले जिल्ला बाहिरबाट बसाइँसराइँ गरेर हुम्ला आएको एक वर्षपछि मात्रै सम्बन्धितलाई अस्थायी सीमा पास दिने निर्णय गरेको छ ।

बझाङ, बाजुरा लगायतका जिल्लाका बासिन्दा बसाइँ सरेर हुम्ला आउने गरेकाले उनीहरूलाई तत्कालै सीमा नदिने भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जनाकारी दिए ।

जिल्लास्थित सरोकारवाला र जनप्रतिनिधिहरू लगायतको उपस्थितमा यो निर्णय भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More