― Advertisement ―

एआई डाटा सेन्टर करको वाशिंगटनको शान्त रोलब्याकले उद्योगको प्रतिक्रियालाई स्पार्क गर्दछ किनकि राज्यहरूले बिलियन डलरको प्रोत्साहन र आर्थिक ट्रेडअफहरूमा पुनर्विचार गर्दछ।

डेटा प्रेशर ब्रेक्स ट्राइ सेन्टर धुलाई राष्ट्रव्यापीएआई पूर्वाधार लागत बढ्दै जाँदा सांसदहरूले प्रोत्साहनलाई पुनर्विचार गर्छन्उद्योग पुसब्याकले डाटा सेन्टर कर नीतिहरू सुधार गर्ने प्रयासहरूलाई सुस्त...
HomeLatest newsहिरासतबाट निस्केर प्रहरी कार्यालय आगजनी गर्ने पक्राउ

हिरासतबाट निस्केर प्रहरी कार्यालय आगजनी गर्ने पक्राउ



१३ कात्तिक, काठमाडौं । हिरासतबाट निस्केर प्रहरी कार्यालय आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१६ सर्दी खोला घर भएका २१ वर्षीय पासाङ भनिने सुरज राई छन् । जेनजी आन्दोलन हुँदा उनी प्रहरी वृत्त गौशालाको हिरासतमा थिए । लागुऔषध मुद्दाको कसुरमा उनी पक्राउ परेका थिए ।

२४ भदौमा आन्दोलनको क्रममा हिरासतबाट निस्केका उनै राईले प्रहरी वृत्त गौशालामा आगजनी गरेका थिए । हिरासतबाट निस्केर आगजनी गरेको भिडियोमा देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले उनलाई पशुपति क्षेत्रबाट बुधबार साँझ पक्राउ गरेको हो । प्रहरी वृत्त गौशालामा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More