― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
HomeLatest newsहिमालयन युनिभर्सिटी कन्सोर्टियमको सचिवालय  काठमाडौं विश्विद्यालयमा

हिमालयन युनिभर्सिटी कन्सोर्टियमको सचिवालय  काठमाडौं विश्विद्यालयमा



२६ मंसिर, काभ्रेपलाञ्चोक । हिमालयन युनिभर्सिटी कन्सोर्टियम (हिमाली विश्वविद्यालय सञ्जाल)को सचिवालय धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) परिसरमा स्थापना गरिएको छ ।

इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड)मा रहँदै आएको सचिवालय संस्थाले औपचारिक रूपमा काठमाडौं विश्वविद्यालयलाई हस्तान्तरण गरेको हो ।

इसिमोडको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै काठमाडौं विश्वविद्यालयलाई सचिवालय हस्तान्तरण गर्ने घोषणा गरेको हो ।

हिमाली विश्वविद्यालय कन्सोर्टियम सन् २००७ मा स्थापना गरिएको विश्वविद्यालयको सञ्जाल हो, जसले हिन्दूकुश–हिमालय क्षेत्रभित्रका विश्वविद्यालयहरू बीचको सहकार्यलाई सघन बनाउँदै विकासका साझा चुनौती कम गर्ने गर्छ । यसको मुख्य उद्देश्य विशेषतः पहाडी क्षेत्रमा देखिने समस्या समाधान गर्न ज्ञान आदान–प्रदानको प्लेटफर्म बनाउनु हो ।

हिमाली विश्वविद्यालय कन्सोर्टियम हिन्दुकुश–हिमालयभित्र तथा बाहिर रहेका १०० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूको सञ्जालमा परिणत भइसकेको छ ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले हिमाली विश्वविद्यालय सञ्जालको सचिवालय काठमाडौं विश्वविद्यालयलाई हस्तान्तरण गरेर इसिमोड जिम्मेवारीबाट नभागेको भन्दै निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. अच्युत वाग्लेले हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीचको शैक्षिक सहकार्यमा यो नयाँ कोशेढुंगा हुने बताए ।

काठमाडौं विश्वविद्यालय क्षेत्र तथा क्षेत्रबाहिरका उच्च शिक्षण संस्थाहरूसँगको आफ्नो सहकार्यलाई अझ उपयोगी दिशामा अघि बढाउन तयार रहेको भन्दै उनले विश्व तापक्रम वृद्धि र चरम मौसमीय घटनाहरू बढिरहेका बेला हिन्दूकुश–हिमालय क्षेत्रका शैक्षिक संस्थाहरूले विश्वासनीय डेटा र अनुसन्धान विकसित गर्ने जिम्मेवारी थप बोक्नुपर्ने बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More