राष्ट्रिय
समाचार.
- हिमालयन एभरेस्ट इन्स्योरेन्सको ३२ औं वार्षिक साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।
- गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय पारित भएको छ।
- आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनीको वाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक साधारणसभाबाट पारित भएको छ।
७ माघ, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सको ३२ औं वार्षिक साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त साधारणसभाबाट गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन पारित भएको छ ।
साथै सोही आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश समेत पारित भएको छ । कम्पनीले २० करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्नेछ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को लागि कम्पनीको वाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक समेत साधारणसभाबाट पारित भएको छ ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले प्रविधि र दक्ष जनशक्तिमा गरिएको निरन्तर लगानीले कम्पनीलाई दीर्घकालीन रूपमा सुदृढ र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

