― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsहिमपात हुनसक्ने भन्दै उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न मुस्ताङ प्रशासनको आग्रह

हिमपात हुनसक्ने भन्दै उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न मुस्ताङ प्रशासनको आग्रह


फाइल फोटो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • मुस्ताङ प्रशासनले बुधबारसम्म मौसम प्रतिकूल हुने भएकाले उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको छ।
  • जल तथा मौसम विभागले मुस्ताङका उच्च हिमाली क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने प्रक्षेपण गरेको छ।
  • पर्यटक र तीर्थयात्रीलाई मौसम पूर्वानुमान लिएर उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध गरिएको छ।

१० कात्तिक, मुस्ताङ । मुस्ताङ प्रशासनले यहाँस्थित पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ ।

आज एक सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो ।

मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ-डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ-मुस्ताङ थोरङ्लापास, छ हजार मिटर उचाइको मुस्ताङ-मनाङ सरिबुङ पास र मुस्ताङ-म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने विभागको प्रक्षेपण छ ।

त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्नु÷नगराउनुहुन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताए ।

सूचना अनुसार जिल्लाको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न समेत अनुरोध गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More