१६ माघ, काठमाडौं । ट्रान्सजेन्डर यौन श्रमिक समुदायले आफ्ना भावनाअनुरूप मुद्दा उठान गर्ने राजनीतिक दल र उम्मेदवारलाई मतदानको प्राथमिकतामा राख्ने बताएका छन् ।
काठमाडौँमा आज मायाको संसार नामक संस्थाद्वारा आयोजित आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित ‘नीति शक्ति र प्रतिनिधित्वः ट्रान्सजेन्डर यौन श्रमिकहरूको राजनीतिक अस्तित्वदेखि नेतृत्वसम्म’ विषयमा गरिएको कार्यशालाका सहभागीहरूले राजनीतिक दलले आफ्नो समुदायका मुद्दालाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए । आगामी निर्वाचनमा सहभागिता किन र कसरी जनाउने ? विषयमा बिहीबार र शुक्रबार दुईदिने कार्यशाला आयोजना गरिएको थियो ।
कार्यक्रमका सहभागी आभा क्षेत्रीले आफ्नो समुदायले राजनीतिक विषयमा चासो राख्नुपर्ने र आफ्ना मुद्दाबारे राजनीतिक दलले राखेको प्राथमिकता हेरेर आफूले सहमति जनाउने बताइन् । ‘राजनीति आफैँमा नराम्रो होइन रहेछ, तर मत दिँदा हाम्रा कुरा परेका छन् या छैनन् त्यो भने हेर्छौँ’, उनले भनिन् ।
मायाको संसारका अध्यक्ष सुनिता लामाले सङ्कुचित सामाजिक परिवेशका कारण लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई हेर्ने दृष्टिकोण साँघुरो भएकाले निर्वाचनमा खुलेर मत हाल्ने वातावरण अझै नरहेको बताइन् । उनले पहिचान नखुलेकै कारण कतिपयको नागरिकताको समस्या रहेको र मतदाता परिचयपत्र नरहेको बताए ।
गाउँमा मत हाल्न जाँदा समाजले हेयको भावले हेर्ने डरले कतिपय मतदाता निर्वाचनमा घर फर्किन कठिनाइ झेल्नुपरेको उनको भनाइ छ । प्रशिक्षणमा बागमतीलगायत विभिन्न प्रदेशका प्रतिनिधिको सहभागिता रहेको थियो । रासस
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

