राष्ट्रिय
समाचार.
- जिल्ला प्रशासन कार्यालय गोरखाले माघ २० गतेभित्र इजाजत प्राप्त र अवैध हातहतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।
- सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन हातहतियार बुझाउन भनिएको बताए।
- उनले भने, ‘नबुझाए कानुनी कारबाही हुन्छ।’
८ माघ, गोरखा । जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियारहरु बुझाउन आग्रह गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्र अवैध रुपमा रहेका तथा इजाजत प्राप्त हातहतियारहरू प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावारणमा सम्पन्न गर्न हातहतियार बुझाउन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । ‘यही माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी इकाइहरुमा हतियार बुझाउन भनेका छौ,’ उनले भने, ‘नबुझाए कानुनी कारबाही हुन्छ ।’
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

