― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
Homeखेलकुद़़हरि हजुर पुरुष भलिबलको कप्तान नियुक्त – KhabarHost

हरि हजुर पुरुष भलिबलको कप्तान नियुक्त – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सेटर हरि हजुर थापा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन्।
  • नेपाल भलिबल संघले बंगलादेशमा हुने काभा मेन्स नेसन्स कपका लागि थापालाई कप्तान चयन गरेको हो।
  • हरि हजुरले २०८० सालमा पनि कप्तानी गरेका थिए ।

३१ असोज, काठमाडौं । सेटर हरि हजुर थापा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा   नियुक्त भएका छन् ।

बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप भलिबलका लागि नेपाल भलिबल संघले थापालई नयाँ कप्तान नियुक्त गरेको जनाएको छ ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्ने हरि हजुर दोस्रो पटक नेपालको कप्तान बनेका हुन् । यसअघि उनले २०८० सालमा पनि नेपालको कप्तानी सम्हालिसकेका छन् ।

२०८० सालमा सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा  गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको थियो ।

अहिले नेपाली टिममा हरि हजुर सँगै धन बहादुर भट्ट सिनियर खेलाडीको रुपमा छन् ।

नेपाल भलिबल संघको शुक्रबार बसेको ५८औं कार्यसम्पादन कमिटीको बैडकले मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकहरुको सुझाव अनुसार थापालाई कप्तान चयन गरेको हो ।

यस्तै श्रीलंकामा हुने काभा यू१९ महिला भलिबलका लागि जेनिशा विकलाई कप्तान चयन गरिएको भलिबल संघले जनाएको छ । जेनिशाले गत वर्ष माल्दिभ्समा भएको काभा यू२० महिला भलिबलमा पनि नेपालको कप्तानी गरेकी थिइन् ।

यसअघिका कप्तान मान बहादुर श्रेष्ठले २०८० कात्तिकमा सन्यास लिएपछि नेपाली पुरुष भलिबल टिम कप्तान विहिनि थियो । यो दुई वर्षको बीचमा नेपालको पुरुष टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको थिएन । जसले गर्दा कप्तान पनि नियुक्त भएन ।

अब भने अन्तर्राष्ट्रिय खेल खेल्ने भएपछि कप्तान नियुक्त भएको हो ।

नेपालको पहिलो कप्तान ऋषिराज आचार्य हुन् । सन् १९९६ मा पाकिस्तानमा भएको काइदे आजाम नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

त्यसपछि नेपलालले एसियन भलिबल च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलेको थियो ।

ऋषिराजपछि दीपक सापकोटा, महेन्द्र लाल श्रेष्ठ, राजेश मास्के, सुनिल चौधरी, विष्णु मास्के, भरत बहादुर शाह, कैलाश दत्त भट्ट र इम रानले नेपालको पुरुष राष्ट्रिय टिमको कप्तानी गरेका थिए ।

यस्तै काइदे अजाम खेलेपछि नेपालले सन् १९७७ मा चीन भ्रमण गर्दा हरिहर श्रेष्ठलाई कप्तान बनाइएपनि चीन पुगेपछि रेशम गुरुङले नेपालको कप्तानी गरेका थिए । तर त्यो प्रदर्शनी खेल मात्र थियो ।

नेपालका लागि सबैभन्दा लामो समय कप्तानी गर्ने भरत बहादुर शाह हुन् । उनले १६ वर्ष नेपालको लागि कप्तानी गरेका थिए ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More