― Advertisement ―

‘एआईसँग कुरा गर्नु वास्तविक व्यक्तिसँग कुरा गर्नु भन्दा सजिलो लाग्छ’: जेन जेडको 26% पहिले नै एआई डेट गर्दै छन् – र यो सेक्सको बारेमा...

26% Genसँग यौन सम्बन्ध राखेको छ भन्नुहोस्। AIधेरै व्यक्तिहरूले भावनात्मक समर्थनको लागि AI प्रयोग गर्छन् किनभने यो वास्तविक मानिसहरूसँग कुरा गर्नु भन्दा सजिलो महसुस...
HomeLatest newsहमासले गाजामा हत्या शृङ्खला जारी राखे समाप्त गर्नुको विकल्प छैन : ट्रम्प...

हमासले गाजामा हत्या शृङ्खला जारी राखे समाप्त गर्नुको विकल्प छैन : ट्रम्प – KhabarHost



३१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले गाजामा युद्धविराम सम्झौता उल्लघंन गरेर हत्या शृङ्खला जारी राखे कारबाही अभियान थाल्ने चेतावनी दिएका छन् ।

आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले मानिसहरूको हत्या शृङ्खला जारी राखे हमासलाई समाप्त गर्नुको विकल्प नहुने चेतावनी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘यदि सम्झौताविपरीत गएर हमासले गाजामा मानिसहरूको हत्या जारी राख्छ भने, हामीसँग तिनीहरूलाई समाप्त गर्नेबाहेक अर्को कुनै विकल्प रहने छैन ।’

यसअघि ट्रम्पले गाजामा अमेरिकी सैनिकहरू तैनाथ नगर्ने बताएका थिए । ट्रम्पको पछिल्लो चेतावनीलाई गाजामा जारी हिंसासँग जोडिएको बताइँदैछ ।

हालका घटनाक्रममा गाजामा हमासले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई निशाना बनाएको आरोप लागेको छ ।

हालै इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको प्रस्तावमा इजिप्टको कायरोमा इजरायल र हमास युद्धविरामका लागि सहमत भएका थिए । इजिप्ट, कतार र टर्कीले समेत यस युद्धविराम सम्झौताका लागि महत्त्वपूर्ण मध्यस्थता गरेका थिए ।

युद्धविराम सम्झौता अनुसार इजरायल र हमासले जीवित र मृत बन्दी रिहा गरेका थिए र त्यो अझै जारी छ । तर, इजरायली सेना पछि हटेका गाजाका क्षेत्रमा पुन: विद्रोही समूह हमासका लडाकु हतियारसहित सडकमा देखिन थालेपछि त्यहाँ अर्को धार्मिक समूहसँग झडपको स्थिति बनेको छ ।

इजरायल र हमासबीच युद्धविराम भएपछि गाजाका बासिन्दा आआफ्ना घर फर्कँदै छन् र दैनिक उपभोग्य सामग्री जुटाउन प्रयासरत छन् । अन्तर्राष्ट्रिय निकायबाट प्रदान गरिएका उद्धार तथा राहत सामग्री बोकेका ट्रकहरू गाजामा प्रवेश गरिरहेका छन् । सहायता संस्थाहरूले राहत सामग्रीका मात्रा अझ बढाउन आग्रह गरिरहेका छन् ।

दुई वर्षसम्म चलेको युद्धले ध्वस्त भएको गाजामा मानवीय संकट भयावह छ । इजरायली आक्रमणमा परेर पछिल्लो दुई वर्षमा ६७ हजार भन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने डेढ लाख भन्दा बढी घाइते भएका छन् । युद्धले २० लाखभन्दा बढी मानिस गाजाबाट विस्थापित भएका थिए ।





Read More