― Advertisement ―

HomeLatest newsहतियार बुझाउन सिरहा प्रशासनको निर्देशन – KhabarHost

हतियार बुझाउन सिरहा प्रशासनको निर्देशन – KhabarHost


राष्ट्रिय

समाचार.

  • सिरहा जिल्ला प्रशासनले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै व्यक्तिगत हातहतियार बुझाउन निर्देशन दिएको छ।
  • सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले माघ २१ गतेभित्र हातहतियार जिल्ला प्रहरी कार्यालयमा बुझाउनुपर्ने जानकारी दिनुभएको छ।
  • निर्देशनको पालना नगर्नेको हातहतियार कानुन बमोजिम नियन्त्रणमा लिएर कारबाही गरिने चेतावनी दिइएको छ।

७ माघ, सिरहा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सिरहा प्रशासनले हतियार बुझाउन निर्देशन दिएको छ ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गर्न सिरहा जिल्ला प्रशासनले व्यक्तिगत हातहतियार बुझाउन निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा सुचना जारी गरेर जिल्लाभित्र व्यक्तिगत रूपमा राखिएका हातहतियार तथा खरखजाना माघ २१ गतेभित्र नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय, सिरहामा बुझाउनुपर्ने भनिएको छ ।

निर्वाचनपछि ती हातहतियार फिर्ता लिन सकिने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । निर्देशनको पालना नगर्ने व्यक्तिहरूको हातहतियार कानुन बमोजिम नियन्त्रणमा लिएर कारबाही गरिने चेतावनीसमेत दिएको छ ।





Read More