― Advertisement ―

मार्गोको गट मनी ट्रबल्स समीक्षा – एप्पल टिभीको नयाँ कमेडी श्रृंखला लत र आश्चर्यजनक रूपमा हार्दिक छ।

तपाईँ TechRadar किन भरोसा गर्न सक्नुहुन्छ हामीले समीक्षा गर्ने हरेक उत्पादन वा सेवाको परीक्षण गर्न घण्टौं बिताउँछौं, ताकि तपाईं सबै भन्दा राम्रो किन्दै हुनुहुन्छ भनी...
HomeLatest newsहटेको छैन फागुन २१ को चुनावी संशय – KhabarHost

हटेको छैन फागुन २१ को चुनावी संशय – KhabarHost



१९ मंसिर, काठमाडौं । फागुन २१ मा हुने चुनावका लागि आजबाट ठीक अब ९० दिन बाँकी छ । सरकार र निर्वाचन आयोगले चुनावका लागि प्राविधिक तयारी गरिरहेका छन् ।

तर गत प्रतिनिधि सभाका मुख्य दलहरू भने पार्टीका महाधिवेशनदेखि पार्टीका एकता सभाहरूमा केन्द्रित भइरहेका छन् । एमाले मंसिर २७ मा हुने महाधिवेशनको रस्साकस्सीमा केन्द्रित छ ।

कांग्रेस डेढ महिनादेखि चलेको पार्टी भित्रको गलफती टुंग्याउँदै बल्ल पुसमा महाधिवेशन गर्ने निष्कर्षमा  पुगेको छ । अबको करिब डेढ महिना यो पार्टी आफ्नै महाधिवेशनको मुद्दामा  केन्द्रित हुँदैछ ।

हालै एक दर्जन भन्दा बढी घटक मिलेर बनेर नेपाली कम्युनिस्ट पार्टी देशव्यापी एकताको सन्देश सभा गर्दै हिंडिरहेको छ । नयाँ खुलेका पार्टीहरूले कार्यसमिति  नै बनाउन  सकेका छैनन् । अर्को दल रास्वपा आगामी सम्भावित चुनावी परिणामलाई ख्याल गर्दै अन्य शक्तिहरूसँग कसरी गडजोड गर्ने भन्नेमा केन्द्रित छ ।

राजनीतिक दलहरूका यस्ता गतिविधि चलिरहेका बेला नेपालको राजनीति वृत्तमा भने के तोकिएको समयमा चुनाव होला ? चुनावका लागि सबै संयन्त्र तयार छन् ? सरकार नै चुनाव चाहन्छ कि चाहन्नँ ? यस्ता अनेक प्रश्नहरू उब्जिइरहेका छन् ।

यी प्रश्नहरूमाथि सबै निकाय र सरोकारवालाले छुट्टाछुट्टै स्थानबाट आफ्ना धारणा अभिव्यक्त गरिरहेकै छन् । तर शुक्रबार भने सबै निकाय एउटै स्थानमा बसेर यी तमाम प्रश्न र चुनावका विषयमा विमर्श गरे ।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार साँझ बालुवाटारमा सर्वपक्षीय बैठक गरेकी थिइन् । उक्त बैठकमा सरकार, चारवटै सुरक्षा निकायका प्रमुख, निर्वाचन आयोग र विघटित प्रतिनिधि सभामा राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई बोलाएकी थिइन् ।

बैठकमा विगतमा जस्तै प्रधानमन्त्रीले चुनाव गराउने आफ्नै प्रतिबद्धता स्पष्टैसँग व्यक्त गरिन् ।

‘चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौं । कसरी चुनाव सफल पार्ने भनेर सोचौं । सबैले एक चित्तले सोचेमा चुनाव नहुने कुरै छैन,’ उनले भनिन्, ‘१२६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ । हामी एकमत भयौं भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन । खराब तत्वले आक्रमण गर्न सक्दैन ।’

प्रधानमन्त्रीले चुनावप्रतिको प्रतिबद्धता अनुसारै चारवटै सुरक्षा निकायका प्रमुखले पनि कुरा राखेका थिए । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले सुरक्षा विभिन्न चुनौतीहरू समाना गर्न समक्ष रहेको भन्दै प्रतिबद्धता जनाएका थिए ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीको भौतिक संरचनाहरू बनेको  र अब प्रहरी लयमा फर्केको भन्दै ब्रिफिङ गरेका थिए । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त् रुपमा सुरक्षा प्रदान गर्न मिलेर काम भइरहेको बताएका थिए । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले निर्वाचनविरोधी र निर्वाचन बहिष्कार गर्नेहरूबाट चाहीँ केही चुनौती रहेको धारणा राखेका थिए ।

यता गृहमन्त्री ओम प्रकाश अर्यालले पनि चुनावी वातावरण बनाउन सरकारल सबै काम गरेको उल्लेख गरेका थिए । उनले विदेशमा रहेका र अन्तरजिल्ला भोटिङको व्यवस्था गर्न सक्ने विषय समेटेर अध्यादेश ल्याउनेबारे पनि छलफल भइरहेको जानकारी दिएका थिए ।

निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयक्त रामप्रसाद भण्डारीले निर्वाचनको प्राविधिक तयारीको ब्रिफङ गरे । उनले आयोगको कार्यतालिका अनुसार नै काम भइरहेको दल दर्ताको काम सकिएकाले अब अन्य लजिस्टिकहरूको पनि तयारी भएको बताएका थिए । उनले निर्वाचन आयोग चुनाव गराउन सक्ने अवस्थामा रहेको भन्दै आफ्नै धारणा राखेका थिए ।

सरकारले निर्वाचन आयोगले चुनावको वातावरण बनेको भन्दै ब्रिफिङ गरे पनि राजनीतिक दलका प्रतिनिधिहरूले भने पूर्ण विश्वास चाहिँ गरेनन् । उनीहरूले चुनावमा जाने प्रतिबद्धता दोहोर्‍याए तर चुनावी वातवरण बनिसकेको कुरा चाहिँ भनेनन् ।

चुनाव हुन नसक्ने दाबी गरिरहेको एमालेले बैठकमा त्यही कुरा दोहोर्‍यायो । एक नेताका अनुसार एमाले महासचिव शंकर पोखरेलले चुनावी वातावरण बनेकोमा आश्वस्त छैनौं, चुनाव हुने कुरामा विश्वस्त छैनौं भन्दै ‘नहुने चुनावको बहस नै किन गर्ने ?’ भनेका थिए ।  चुनाव भनेको एकप्रकारले राजनीतिक ध्रुवीकरण हुने समय भएकाले यो बेला सुरक्षा संवेदनशीलता ज्यादा हुने उनले बताएका थिए ।

सुरक्षाका लागि राज्यले बल पनि प्रयोग गर्न सक्छ भन्ने कुराले सुरक्षाप्रतिको भरोसा बढ्ने तर राज्यले बल प्रयोग गर्ने कुरालाई अपराध ठान्ने हो भने त्यसले वातावरण नबनाउने उनको धारणा थियो ।

सुरक्षाको चिन्ता जनाउनेका कांग्रेसका प्रतिनिधिहरू पनि थिए । शुक्रबारको बैठकमा गएका कांग्रेसका  महामन्त्री गगन थापा र पुष्पा भुसालले पार्टीले चुनावमा जानेबारे गरेको औपचारिक निर्णयको जानकारी गराएका थिए । तर दल र युवाहरू एउटै ठाउँमा आउन नसक्ने एकअर्कासँग तर्सिने अवस्था रहँदासम्म चुनावको विश्वसनीय वातावरण नबन्ने धारणा राखेका थिए ।

नेतृ भुसालका अनुसार प्रतिनिधिसभा निर्वाचनमा हुनसक्ने सुरक्षा थ्रेटको जिम्मेवार सरकारले नै लिनुपर्ने धारणा कांग्रेसले राखेका छ ।

‘कुनै पनि किसिमको थ्रेटलाई स्वीकार गर्दैन भनेर स्पष्ट राख्यौं । यदी त्यस्तो थ्रेट भयो भने त्यसको जिम्मेवार सरकार हुनुपर्छ भनेर राख्यौं,’ उनले भनिन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले चाहिँ सरकारले चुनावभन्दा अन्यत्र ध्यान दिएको भन्दै प्रश्न गरेका थिए । चुनावी सरकार भएकाले अहिले भएकै कानुन र संविधान अनुसार चुनाव गराउनु उसको दायित्व भएको तर त्यो भन्दा अन्यन्त्र लागेको भन्दै उनीहरूले प्रश्न गरेका थिए । नेकपाका नेता प्रकाश ज्वालाले यतिबेला संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी अध्यादेशहरू किन आवश्यक पर्‍यो भन्दै प्रश्न गरेका थिए ।

‘राजनीतिक दलहरूले सरकारलाई प्रष्ट रुपमा, यो चुनावी सरकार हो । चुनावमै अर्जुनदृष्टि लगाउनुपर्‍यो, जसरी अर्जुनले आफ्नो वाण सोझ्याएका थिए,’ नेता ज्वालाले भने, ‘यो सरकारले यताउता ध्यान दिने काम गर्न भएन । चुनावमा केन्द्रित होस् । शान्तिसुरक्षाको वातावरण अझै बनाउनेगरी अघि बढोस् भन्ने सुझाव दिएका छौं ।’

बैठकमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा रास्वपाका नेताहरूले जोड दिएका थिए । गृहमन्त्री अर्यालले पनि त्यससम्बन्धी कानुनी प्रबन्ध हुन लागेको जानकारी दिएका थिए

दलहरूका कुरा सुनेर जवाफ दिने क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, ‘समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै यहाँ सबैको रह्यो। कहीँ कतै आशंकाका कारण छन् भने पनि तिनले हामीलाई सचेत गराउँछन् र अगाडि बढ्न मद्दत गर्छन् ।’

दलहरूले उठाएका कुरालाई अन्यथा नमान्ने उल्लेख गर्दै उनले अपिल गरिन् । ‘अहिलेको परिस्थितिमा हरेकले भनिरहेको एउटै मात्र बाटो निर्वाचन हो। यसबाहेक अर्को विकल्प छैन,’ उनले भनिन्, ‘तपाईँहरू चुनावका लागि एक ठाउँमा उभिदिनुहोस् ।’

उनले जेनजीहरूप्रति दलहरूले शंका गरेकोमा पनि जवाफ दिइन् । ‘अहिले नयाँ आएकाहरूप्रति तपाईँहरूले शंका गर्नुभएको होला । तर जेनजी पनि पहिलाभन्दा धेरै फरक भएका छन् । अझै पनि राजनीतिक व्यवहार र वातावरण दिन, शिक्षा दिन हामी तयार छौं ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More