― Advertisement ―

नेटफ्लिक्स सह-संस्थापक रीड हेस्टिंग्स द्वारा दिन को उद्धरण: ‘स्टोन एज। कांस्य युग। फलाम युग। हामीले मानवजातिको सम्पूर्ण महाकाव्यहरूलाई उनीहरूले प्रयोग गर्ने प्रविधिद्वारा परिभाषित गर्छौं’...

1997 मा Reed Hastings द्वारा सह-स्थापना गरिएको, Netflix ले ब्लकबस्टरको मोल्डमा भाडा DVD सेवाको रूपमा जीवन सुरु गर्यो। तर, २० वर्षपछि, कम्पनीले नाटकीय रूपमा...
HomeLatest newsहजारौं दर्शकमाझ धनगढीमा गुञ्जियो ‘प्रमोद एण्ड परम्परा’ (तस्वीर)

हजारौं दर्शकमाझ धनगढीमा गुञ्जियो ‘प्रमोद एण्ड परम्परा’ (तस्वीर)


राष्ट्रिय

समाचार.

  • गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ सुदुरपश्चिम महोत्सवमा १८ हजारभन्दा बढी दर्शकमाझ धनगढीमा प्रस्तुति दिए।
  • प्रमोद खरेलले अस्वस्थता बाबजुद दुई घण्टा लगातार गाएर दर्शकको साथ पाएको बताए।
  • ब्याण्डले नयाँ गीत ‘सलल कर्णाली’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ र अमेरिका तथा अस्ट्रेलियामा अन्तर्राष्ट्रिय टूर गर्ने योजना छ।

काठमाडौं । गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ धनगढी बजारमा हजारौं दर्शकमाझ गुञ्जिएको छ ।

त्यहाँ आयोजना भैरहेको सुदुरपश्चिम महोत्सवमा ब्याण्डले शुक्रबार बेलुका भब्य प्रस्तुति दियो । धनगढी उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा ब्याण्डलाई सुन्न १८ हजार भन्दा धेरै दर्शक सहभागी रहेको जनाइएको छ ।

बेलुका ६ बजे नै महोत्सव सकिने भएपनि दर्शकले चिसोको पर्वाह नगरि बेलुका सवा ७ बजेसम्म ‘प्रमोद एण्ड परम्परा’ लाई धैयपूर्वक सुने र संगीतमा झुमे ।

‘दर्शक सवा ७ सम्म बसिदिनुभयो । खुसी लाग्यो’ खरेलले अनलाइनखबरसँग भने, ‘ब्याण्डलाई एकदमै माया र साथ दिनुभयो ।’ उनका अनुसार वर्षौंदेखि महोत्सव आयोजना भैरहेपनि, कुनै ब्याण्डले प्रस्तुति दिएको भने यो पहिलो अवसर हो ।

अस्वस्थताको बाबजुद प्रस्तुति दिन प्रमोद पश्चिम नेपालको एक मुख्य सहरमा पुगेका थिए । उनको स्वास्थ्य स्थिती प्रतिकूल बनेपछि हालै सुनवलको कन्सर्ट रोकिएको थियो ।

‘अस्वस्थ हुँदाहुँदै पनि मैले कसरी गाउँछु होला भन्ने भैरहेको थियो, घाँटी एकदमै बसेको थियो । दर्शकको साथ हुटिङ यस्तो थियो कि मलाई कठिनाइ हुँदाहुँदै पनि मैले कन्सर्ट सकेँ’ उनी सुनिए, ‘२ घण्टा लगातार गाइरहेँ । दर्शकले धेरै साथ दिनुभयो ।’

त्यहाँको महोत्सवमा पहिलोपटक कुनै ब्याण्डले प्रस्तुति दिन लागेको भन्ने कुरा सुनाउँदा आफूहरू सुरुदेखि नै उत्साहित रहेको प्रमोदले बताए ।

यसबाहेक, ब्याण्ड नयाँ गीत रिलिजको तयारीमा छ । हालै रेकर्ड भएको गीतलाई अर्को साता सार्वजनिक गर्ने तयारी छ ।

नयाँ गीतबारे प्रमोदले भने, ‘सलल कर्णाली बोलको गीत चाहिँ अलिकति फरक छ । प्रतीक्षा गर्नुहोला । कर्णालीको धेरै कुरा हामीले समेट्ने प्रयास गरेका छौं ।’

यसबाहेक, ब्याण्डले अमेरिका र अस्ट्रेलियामा अन्तर्राष्ट्रिय टूर गर्ने तयारी गरिरहेको छ । जेनजी आन्दोलनको कारण ब्याण्डको अस्ट्रेलिया टूर बीचमै रोकिएको थियो । त्यसलाई निरन्तरता दिने तयारी छ ।

ब्याण्डको लिड भोकलिस्टमा प्रमोद स्वयम छन् । लिड गिटारिस्टमा देवाशिष तामाङ, बेस गिटारमा कुशल थापा, किबोर्डमा राहुल भुजेल, ड्रममा भुपेन रसाइली, मादल जेपी जोशी र बाँसुरीमा संजीव मैनाली छन् ।





Read More