― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeराष्ट्रिय समाचारस्वर्णिम वाग्ले – KhabarHost

स्वर्णिम वाग्ले – KhabarHost


फाइल तस्वीर



१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनले सबै राजनीतिक दलहरूमा रुपान्तरणको चाप बढाएको बताउँदै त्यसलाईं संस्थागत गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।

मुलुकमा भएका परिवर्तनलाई वैधता दिन पनि निर्वाचनमा जानुको विकल्प नरहेको उनको भनाइ छ ।

विगतमा भएको आन्दोलनको उपलब्धिलाई जोगाउँदै नयाँ उपलब्धिलाई संस्थागत गर्न र मुलुकलाई सुशासनको पक्षमा लैजान पनि निर्वाचनमा जानुपर्ने उनले बताए ।

‘डा. बाबुराम भट्टराईले पनि एउटा उदाहरण प्रस्तुत गर्ने भएको छ । दल छोडेर उहाँले एउटा स्वतन्त्र र पूर्वप्रधानमन्त्रीको हैसियतमा अहिले हुनुहुन्छ । अन्य दलमा पनि यसले जुन रुपान्तरणको चाप बढाएको छ । दबाब बढाएको छ । त्यसलाई विस्तारै संग्रह गरेर सुशासन पक्षमा हामीले यसलाई वैधता दिनेतिर जानुनै पर्ने हुन्छ,’ वाग्लेले भने ।

उनले अगाडि भने, ‘पछिल्लो आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने छ । अग्रगमनको बाटोमा जानुपर्नेछ । पहिलेका आन्दोलनबाट प्राप्त दुर्लभ उपलब्धिहरूलाई पनि जोगाउनु छ । कहिलेकहीँ यो हुल आँधिबेहरीमा पुराना उपलब्धिलाई बढार्ने काम हुन्छ । पश्चागमनका प्रयासहरू पनि हुने गर्दछन् । त्यसैले अगाडि नै जाने हो ।’

विधि, विधान, संविधानलाई धेरै मिच्न नहुने भन्दै उनले त्यो मिचिएको खण्डमा पनि डिरेल भएका कुरालाई पनि ट्रयाकमा ल्याउनु पर्ने उनले बताए । तर ट्रयाकमा ल्याउने विधिहरू पनि सीमित रहेको उनले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More