राष्ट्रिय
समाचार.
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार शुक्रबार फुजी स्याउको थोक मूल्य औसतमा प्रतिकिलो ३ सय २३ रुपैयाँ पुगेको छ।
- फुजी स्याउको मूल्य बिहीबारको औसत ३ सय रुपैयाँबाट शुक्रबार २३ रुपैयाँले वृद्धि भएको छ।
- झोले स्याउको मूल्य भने प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँसम्म कायम छ।
१८ पुस, काठमाडौं । स्थानीय बजारमा स्याउको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार स्याउको मूल्यवृद्धि भएको देखाएको हो ।
शुक्रबार फुजी स्याउको भाउ थोकमा प्रतिकिलो न्यूनतम ३ सयदेखि अधिकतम ३ सय ५० रुपैयाँ छ । औसतमा भने ३ सय २३ रुपैयाँ कायम छ ।
हिजो बिहीबार फुजी स्याउ प्रतिकिलो न्यूनतम २ सय ८० र अधिकतम ३ सय २० तथा औसत ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
हिजो बिहीबारको तुलनामा शुक्रबार फुजी स्याउको औसत भाउ २३ रुपैयाँ बढेको छ ।
यस्तै झोले स्याउ भने प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

