― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
HomeLatest newsस्फेरिकल भ्यूमा त्रिवि क्रिकेट रंगशालाको फ्लडलाइट (तस्वीरहरू)

स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट रंगशालाको फ्लडलाइट (तस्वीरहरू)


राष्ट्रिय

समाचार.

  • काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ।
  • फ्लडलाइटका ६ वटा टावरमा ६ लाख ७२ हजार वाट क्षमताका बत्तीहरू जडान हुनेछन् र शनिबारसम्म काम सकिने अपेक्षा छ।
  • नेपाल प्रिमियर लिगका सबै खेलहरू फ्लडलाइटमा खेलाउने योजना क्यानले बनाएको छ र खेल तालिका छिट्टै सार्वजनिक गरिनेछ।

२० कात्तिक, काठमाडौं। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ ।

रंगशालामा राखिने ६ वटा फ्लडलाइटका टावरहरू उठाइसकेको अवस्थामा अहिले लाइट जडानको काम भइरहेको छ । १६०० वाटको ७० वटा बत्ती एउटा टावरमा जडान हुनेछ । ६ वटा टावरमा कूल ६ लाख ७२ हजार वाट क्षमताको लाइटले त्रिवि मैदानमा प्रकाश दिनेछ ।

२ वटा टावरमा बत्ती जडानको काम भइसकेको छ भने २ वटा टावरमा अहिले जडानको काम भइरहेको छ । त्यस्तै अर्को दुई टावरमा लाइटहरू जडान गर्न बाँकी नै छ ।

फ्लडलाइट जडानका आयोजना प्रमुख सौरभ साहले शनिबारसम्म लाइट जडानको काम सकिने बताएका छन् ।

‘लाइटहरू बाहिरबाट आउने भएकाले केही ढिलाइ भएको हो, लाइट आइपुग्दै छ शनिबारसम्म जडान भइसक्छ’ साहले अनलाइनखबरसँग भने, ‘अब टेस्टिङको काम त हाम्रो बेलुकामा भइरहेको नै छ।’

एनपीएलका खेल रातिमा होला ?

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो संस्करण सुरु हुन अब ११ दिन मात्र बाँकी छ । यस्तोमा अहिले एनपीएलको खेल फ्लडलाइटमा हुन्छ वा हुन्न भन्ने चासो सबैमा छ ।

साहले एनपीएलकै खेल खेलाउने गरी काम सकाउन सक्दो प्रयास भइरहेको बताए । यद्यपी उनले बाँकी समय पूर्णरूपमा पर्याप्त भने नहुने बताएका छन् ।

‘१० दिनमै सबै पूर्णरूपमा गर्नलाई पर्याप्त समय त होइन, तर हामी सक्दो प्रयास गरिरहेका छौं । हाम्रो चाहना पनि एनपीएलका खेल लाइटमा खेलाउन सकियोस् भन्ने नै हो’ साहले भने ।

‘एक दिनमा एउटा पोल टेस्ट गरेपनि ६ दिनमा टेस्टिङ सकिन्छ, अब एनपीएलका खेलहरू रातिमा गराउने वा नगराउने भन्ने त क्यानकै निर्णयमा भर पर्छ’ साहले थपे ।

नेपाल क्रिकेट संघ (क्यान)ले भने एनपीएलको खेलतालिका पनि सार्वजनिक गर्न बाँकी छ ।

क्यानका प्रवक्ता छुम्बी लामाले सबै खेलहरू फ्लडलाइटमै खेलाउने योजना रहेको बताएका छन् । ‘हाम्रो योजना त सबै खेल फ्लडलाइटमा खेलाउने नै हो, तालिका पनि अब आज-भोलिमा सार्वजनिक हुन्छ’ लामाले भने ।

‘निर्माण कम्पनीले पनि तीव्र रूपमा काम गरिरहनुभएको छ, हाम्रो चाहना त एनपीएल रातिमै खेलाउने भन्ने नै हो, यो ऐतिहासिक अवसर पनि हो।’ लामाले भने ।

हेर्नुहोस् स्फेरिकल भ्यू (३६० डीग्री)मा खिचिएका तस्वीरहरू :

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More