― Advertisement ―

‘एआई ट्राफिकले इन्टरनेट चलाउने तरिकामा मौलिक रूपमा परिवर्तन गरिरहेको छ’: नयाँ रिपोर्टले बट ट्राफिक मानव प्रयोगकर्ताहरू भन्दा ६.५ गुणा छिटो बढिरहेको दाबी गरेको छ...

मानव ट्राफिक माथि छ, तर Faly6st ट्राफिक बढेको छ। दावीहरूअपरिचित AI अनुरोधहरूले होस्टिंग पूर्वाधारमा तनाव सिर्जना गर्दैछव्यवसायहरूले वेबसाइट व्यवस्थापन र सामग्री पत्ता लगाउने क्षमतामा...
HomeLatest newsस्पेनमा ५ लाख कागजातविहीन आप्रवासी वैधानिक बन्ने, नेपालीलाई पनि राहत

स्पेनमा ५ लाख कागजातविहीन आप्रवासी वैधानिक बन्ने, नेपालीलाई पनि राहत


राष्ट्रिय

समाचार.

  • स्पेनको समाजवादी गठबन्धन सरकारले करिब पाँच लाख कागजातविहीन आप्रवासीलाई अप्रिलदेखि कानुनी हैसियत दिने निर्णय गरेको छ।
  • कम्तीमा पाँच महिनादेखि स्पेनमा बसोबास गरेको र आपराधिक अभिलेख नभएका विदेशीलाई एक वर्षको बसोबास अनुमति दिइनेछ।
  • विपक्षी कन्जरभेटिभ र अतिदक्षिणपन्थी दलले यस निर्णयलाई आलोचना गरेका छन् भने आप्रवासी अधिकार संस्थाले स्वागत गरेका छन्।

१४ माघ, बार्सिलोना । स्पेनको समाजवादी नेतृत्वको गठबन्धन सरकारले करिब पाँच लाख कागजातविहीन आप्रवासी र शरणार्थीलाई कानुनी हैसियत दिने आदेश स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्बाट पारित यो निर्णय आगामी अप्रिलदेखि लागू हुने अपेक्षा गरिएको छ । सरकारका अनुसार यो कानुनीकरण प्रक्रिया सरकारी आदेश मार्फत लागू गरिने भएकाले संसद्को अनुमोदन आवश्यक पर्ने छैन ।

योजनाअनुसार कम्तीमा पाँच महिनादेखि स्पेनमा बसोबास गरेको प्रमाण दिन सक्ने, सन् २०२५ डिसेम्बर ३१ पछि प्रवेश नगरेका र आपराधिक अभिलेख नभएका विदेशी नागरिकलाई सुरुमा एक वर्षको बसोबास अनुमति दिइनेछ ।

यो अनुमति नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । आवेदन प्रक्रिया आगामी अप्रिलदेखि सुरु भई जुन महिनाको अन्त्यसम्म खुला रहने जनाइएको छ । योजनाअनुसार अन्तर्राष्ट्रिय संरक्षण (शरण) माग गरिसकेको प्रमाण दिन सक्ने व्यक्तिहरू यसमा समेटिने छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै समावेशीकरण, सामाजिक सुरक्षा तथा आप्रवासन मन्त्री एल्मा साइजले यसलाई ‘ऐतिहासिक दिन’को संज्ञा दिँदै विगतका प्रशासनिक अवरोध तोड्ने उद्देश्यसहित यो कदम चालिएको बताइन् ।

‘हामी मानवअधिकार, एकीकरण र सहअस्तित्वमा आधारित आप्रवासन मोडेललाई मजबुत बनाइरहेका छौं, जुन आर्थिक वृद्धि र सामाजिक एकतासँग मेल खान्छ,’ उनले भनिन्।

यो निर्णय सरकारका पूर्वसाझेदार वामपन्थी दल पोदेमोसको दबाबपछि आएको हो । पोदेमोसकी नेतृ आयोने बेलार्राले कागजातविहीन मानिसहरूलाई अधिकारसहित काम गर्न सक्ने वातावरण बनाउने दिशामा यो सहमति भएको बताएकी छन् ।

स्पेन पछिल्ला वर्षहरूमा आप्रवासन नीतिमा युरोपमै फरक धारमा देखिँदै आएको छ । प्रधानमन्त्री पेद्रो सान्चेजले यसअघि नै जनसांख्यिकीय चुनौती सामना गरिरहेको देशलाई आर्थिक वृद्धि र कल्याणकारी राज्य जोगाउन आप्रवासन आवश्यक रहेको बताएका थिए ।

यस निर्णयलाई आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले स्वागत गरेका छन् । उनीहरूले यसले कागजातविहीन मानिसलाई आधारभूत अधिकारमा पहुँच दिलाउने बताएका छन् ।

तर स्पेनमा नै विपक्षी कन्जरभेटिभ पिपुल्स पार्टी र अतिदक्षिणपन्थी भोक्स पार्टीले भने कडा आलोचना गरेका छन् । पिपुल्स पार्टीका नेता अल्बेर्तो नुनेज फेइहोले यसले ‘आकर्षण प्रभाव’ बढाउने र सार्वजनिक सेवामा दबाब सिर्जना गर्ने दाबी गरेका छन् भने भोक्सले यो निर्णयविरुद्ध आक्रामक प्रतिक्रिया जनाएको छ ।

यसअघि पनि स्पेनमा सन् १९८६ देखि २००५ सम्म नौ पटक यस्ता असाधारण आप्रवासी कानुनीकरण कार्यक्रम सञ्चालन भएका थिए, जसबाट १० लाख बढी आप्रवासीले कानुनी मान्यता पाएका थिए । यो निर्णयसँगै स्पेनमा रहेका हजारौं कागजातविहीन नेपाली आप्रवासी पनि लाभान्वित हुने भएका छन् ।

स्पेनको विश्लेषण केन्द्र फुनकासले यसै साता सार्वजनिक गरेको सन् २०२५ को तथ्यांकमा आधारित प्रतिवेदनअनुसार स्पेनमा गैर–युरोपेली अनियमित आप्रवासी संख्या करिब ८ लाख ४० हजार पुगेको छ ।

प्रतिवेदनअनुसार स्पेनमा रहेका अनियमित आप्रवासीमध्ये करिब ७ लाख ६० हजार अमेरिका महादेशबाट आएका छन् । तिनमा कोलम्बियाली करिब २ लाख ९० हजार, पेरुभियन करिब १ लाख १० हजार र होन्डुरसका ९० हजार  नागरिकको संख्या सबैभन्दा बढी छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More