― Advertisement ―

जहाँबाट RT कसरी हेर्ने – रूस टुडे लाइभ स्ट्रिम गर्नुहोस्

हालैका वर्षहरूमा, RT (पहिले रूस टुडे) लाई बेलायत, क्यानडा र EU भरी प्रतिबन्धित गरिएको छ, अष्ट्रेलियामा डि-प्लेटफर्म गरिएको छ, र अमेरिकामा भारी प्रतिबन्धहरूको अधीनमा...
HomeLatest newsसोनापुर मिनरलले ८६ लाख ३० हजार बुझाएपछि जोडियो बिजुलीको लाइन

सोनापुर मिनरलले ८६ लाख ३० हजार बुझाएपछि जोडियो बिजुलीको लाइन



२६ कात्तिक, काठमाडौं । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयल प्रा.लि.ले बिजुलीको बक्यौताको पहिलो किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यससँगै  प्राधिकरणले बिजुलीको लाइन जोडिदिएको छ ।

विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले ७ कात्तिकमा बिजुलीको लाइन काटिदिएको थियो ।

बक्यौताको पहिलो किस्ता ८६ लाख ३० हजार रुपैयाँ बुझाएपछि मंगलबार साँझ लाइन जोडिदिएको प्राधिकरणले जनाएको छ ।

सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्म २४ करोड २९ लाख ९९ हजार रुपैयाँ नतिरेको र त्यसलाई  २८ किस्तामा विभाजन गरी चुक्ता गर्ने सुविधा दिइएको प्राधिकरणले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More