― Advertisement ―

नेटफ्लिक्स सह-संस्थापक रीड हेस्टिंग्स द्वारा दिन को उद्धरण: ‘स्टोन एज। कांस्य युग। फलाम युग। हामीले मानवजातिको सम्पूर्ण महाकाव्यहरूलाई उनीहरूले प्रयोग गर्ने प्रविधिद्वारा परिभाषित गर्छौं’...

1997 मा Reed Hastings द्वारा सह-स्थापना गरिएको, Netflix ले ब्लकबस्टरको मोल्डमा भाडा DVD सेवाको रूपमा जीवन सुरु गर्यो। तर, २० वर्षपछि, कम्पनीले नाटकीय रूपमा...
HomeLatest newsसेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार रकम – KhabarHost

सेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार रकम – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार १.५३ अंकले बढेर २६९५.७३ अंकमा बन्द भएको छ।
  • सोमबार नेप्सेमा कारोबार रकम घटेर ८ अर्ब २२ करोडमा सीमित भएको छ।
  • होटल र पर्यटन समूहगत परिसूचक १.७७ प्रतिशतले बढेको छ भने फाइनान्स उपसूचक ०.८९ प्रतिशतले ओरालो लागेको छ।

१९ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य बढेर बन्द भएको छ ।

सुरुमा बढेर २७०६ अंकसम्म पुगेको नेप्से त्यसपछि उतारचढाव सहित अन्त्यमा १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेर बन्द भएको हो ।

आइतबारको तुलनामा नेप्सेमा कारोबार रकम अझै घटेको छ । आइतबार ९ अर्बभन्दा बढी रहेको कारोबार रकम सोमबार घटेर ८ अर्ब २२ करोडमा सीमित भयो ।

सोमबार नेप्सेमा कारोबार भएका १ सय १४ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ३४ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्यमा भने कुनै हेरफेर भएन ।

 समूहगत परिसूचकमध्ये होटल र पर्यटन १.७७ प्रतिशत बढेको छ भने विकास बैंक ०.७७ प्रतिशतले उकालो लागेको छ ।

त्यस्तै फाइनान्स उपसूचक ०.८९ प्रतिशतले ओरालो लाग्दा जीवनबीमा भने ०.३५ प्रतिशतले घटेको छ ।

एसवाइ प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाको सेयर १० प्रतिशतले बढ्यो भने मिथिला लघुवित्त वित्तिय संस्थाको मूल्य १० प्रतिशतले घटेको छ ।





Read More