― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
Homeखेलकुद़़: सेतोपाटी संवाददाता :: Setopati

: सेतोपाटी संवाददाता :: Setopati


Tata box 1
Tata box 1

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कप्तान रोहितकुमार पौडेलको शतकका बावजुद नेपालले युएईसँग पराजय भोगेको छ। 

बिहीबार घरेलु टोली युएईले नेपाललाई ५ विकेटले पराजित गरेको हो।

नेपालले दिएको २३४ रनको लक्ष्य युएईले ४३.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो।

युएईका लागि ओपनिङ जोडीले उत्कृष्ट ब्याटिङ गर्‍यो। ओपनर आलिशन सराफुले २६ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ४५ जोड्दा नेपाल सुरूमै दबाबमा पर्‍यो। अर्का ओपनर आर्यन्स शर्माले ९८ रन बनाएपछि नेपालले हार टार्न सकेन। शर्माले ९८ बल खेलेर १० चौका र ३ छक्का प्रहार गरे। 

बलिङमा नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।

त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा २३३ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १०९ रन बनाए। रोहितले १३० बलमा ५ चौका र २ छक्का प्रहार गरे।

Laxmi bank
Laxmi bank

एकदिवसीय खेलमा रोहितको यो दोस्रो शतक हो। यसअघि उनले सन् २०२२ पिएनजीविरूद्ध शतक प्रहार गरेका थिए। 

खराब सुरुवात गरेको नेपालका ओपनर कुशल भुर्तेल ७ रनमा आउट भए भने भीम सार्कीले पनि ३ रन मात्र जोड्न सके।

आसिफ शेखले ३५ रन जोड्दा नेपालको इनिङ सम्हालिएको थियो। यस्तै आरिफ शेखले पनि २७ रन जोडेका थिए। दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि २३ रन जोडे। रोहितले आसिफ (३५ रन), आरिफ (७० रन) र दीपेन्द्रसँग (५४ रन) गरेको साझेदारी महत्वपूर्ण सावित भयो। हिट विकेट भएका सोमपालले ६ रन बनाए। अन्तिम ओभरमा एक चौका र एक छक्का प्रहार गरेका करण केसीले ८ बलमा १३ रन दिए।

बलिङमा युएईका जाहिद अलीले ४ विकेट लिए भने जुनइद सिद्धिकीले ३ विकेट हात पारे।

सिरिजमा नेपालले सुरुवाती दुवै खेलमा पराजय भोगेको छ। यसअघि पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार ब्यहोरेको थियो। 

अब नेपालले सिरिजमा शनिबार अमेरिका र बुधबार युएईसँग खेल्न बाँकी छ।

जारी लिग-२ मा अमेरिका आठ अस्थायी एकदिवसीय मान्यता टोलीबीच जारी लिग-२ को शीर्ष स्थानमा छ। अमेरिकाले २२ खेलबाट १६ जित निकालेर ३२ अंक जोडिसकेको छ। दोस्रो स्थानको स्कटल्यान्डको २४ खेलबाट ३० अंक छ। नेदरल्यान्ड्सको पनि समान खेलबाट २८ अंक छ भने अंक तालिकाको तेस्रो स्थानमा छ। 

चौथो स्थानको ओमानले २० खेलबाट २४ अंक जोड्दा पाँचौ स्थानको क्यानडाले २१ अंक बटुलेको छ। छैटौं स्थानको नामिबियाको २४ खेलबाट १९ अंक छ। नेपाल १८ खेलबाट १२ अंक जोडेर सातौ स्थानमा छ भने नेपालको जति खेल खेलको पुछारको युएईको ८ अंक मात्र छ। 

 

 





Read More