― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
Homeमनोरन्जन: सेतोपाटी संवाददाता :: KhabarHost : सेतोपाटी संवाददाता :: KhabarHost

: सेतोपाटी संवाददाता :: KhabarHost : सेतोपाटी संवाददाता :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ।

यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’  गत शनिबारसम्म ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ। बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाको आफू सदैव आभारी रहने बताए। ‘चलचित्र ‘जेरी अन टप’ प्रदर्शनरत भएकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित छ। हामीलाई वितरकले दिनुभएको व्यावसायिक तथ्याङ्क भने चलचित्र विकास बोर्डको भन्दा बढी छ। यद्यपि, सगरमाथाको विषयमा बनेको चलचित्रले घरेलुसँगै प्रवासको बजारमा दर्शकको राम्रो साथ पाउनु हामी सबैका लागि खुसीको खबर हो,’ उनले भने।

यसअघि गत वैशाखमा प्रदर्शन भएको ‘ऊनको स्वीटर’ ले ११ करोड ४१ लाख ८८ हजार ७८० कमाइ गरेको थियो। चलचित्र ‘जेरी अन टप’ मा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन्। उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका थिए।

Laxmi bank
Laxmi bank





Read More