― Advertisement ―

शनिबार, अप्रिल ११ को लागि NYT Strands संकेत र जवाफहरू (खेल #769)

अर्को दिन खोज्दै हुनुहुन्छ? एउटा नयाँ NYT जोन अर्थात् दिनको मध्यमा देखिने समय जुन रातको puzzs को लागि देखिन्छ। कोही मान्छे सधैं 'आजको खेल'...
Homeमनोरन्जन: सेतोपाटी संवाददाता :: KhabarHost : सेतोपाटी संवाददाता :: KhabarHost

: सेतोपाटी संवाददाता :: KhabarHost : सेतोपाटी संवाददाता :: KhabarHost


गत सोमबारबाट सुरू भएको नेपाललगायत १२ देशका कलाकार सम्मिलित लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक आज समापन हुँदैछ। महोत्सवको पाँचौ संस्करण इम्पेरियल वर्ल्ड  स्कुलको प्रेक्षालयमा जारी छ।

महोत्सवमा नेपाल, भारत, बङगलादेश, श्रीलंका, इरान, थाइल्यान्ड, बेलायत, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया, ब्राजिलका कलाकारको नाट्य प्रस्तुति छन् यी विभिन्न देशका कलाकारले विभिन्न शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गरिरहेका छन्। बालबालिकासँग नाट्य कार्यशालासमेत भइरहेको छ। 

उद्घाटन सत्रमा प्रमुख अतिथिका रूमा बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनीता लामा थिइन्। उनले अन्तर्राष्ट्रिय बालनाटक महोत्सवले बालबालिकाको क्षमता उजागर गर्न मद्दत पुग्ने बताइन्। विषेश अतिथिका रूपमा कलाकार, सङ्गीत नाट्य एकेडेमीका पूर्वउपकुलपति हरिहर शर्मा, प्रा.डा.अभि सुवेदी  उपस्थित थिए। रङ्गकर्मीहरू आकांक्षा कार्की, प्रभाकर न्यौपाने, राम केयसी, मन्जु गिरीलगायत सहभागी थिए। 

सो अवसरमा कलाकार सुन्दर लामाले मुक्ति, एउटा उत्सव पर्फमेन्स आर्ट प्रस्तुत गरेका थिए। महोत्सवमा सबै देशका राष्ट्रिय धुन बजाइएको थियो। उद्घाटनलगत्तै आयोजक स्कुलको प्रस्तुति नाटक ‘बच्चा माई बच्चा’ मञ्चन गरिएको थियो भने बङ्गलादेशको नाटक मिट्टिकर फुल पनि मञ्चन भएको थियो। 

त्यसैगरि दोस्रो दिन, बेलायतको ‘एब्स्ट्रेक शो’ ले दर्शकको मन जितेको थियो भने ईरानी प्रस्तित ‘इम्प्याथी’ हरेक दर्शकले रूचाएका थिए। 

विभिन्न देशबाट आइतबार साँझसम्म सबै कलाकारहरू नेपाल आइपुगेका थिए। छ दिने बसाइमा उनीहरूलाई काठमाडौं, भक्तपुर, लतितपुरका विभिन्न ठाउँ भ्रमण गराईने छ। चेक रिपब्लिक, स्लोभाकिया, लातभिया  थप चार दिन बसेर नेपालबाट विभिन्न ठाउँ घुम्ने  योजनामा छन्। उनीहरूको नेपाल बसाइको सबै खर्च आयोजक विद्यालय इम्पेरियल वर्ल्ड  स्कुलले गरिरहेको छ। 

बालनाटकको अग्रणी संस्था लालाबालाको अवधारणा र सक्रियतामा यो महोत्सव हरेक वर्ष आयोजना भइरहेको छ। 

आफ्नो विद्यालयमा कलाको अन्तर्राष्ट्रिय हब बनाउने इच्छाले लालाबालासँग सहकार्य गरिरहेको विद्यालयका संस्थापक अध्यक्ष कुमार कार्कीले बताए। ‘विदेशी कलाकारहरु बस्ने, खाने, नाटक प्रस्तुति देखाउने एउटा अन्तर्राष्ट्रिय भेन्यु बनाउने रहर छ। जसमा हाम्रा विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको नाट्य प्रशिक्षण प्राप्त गर्नेछन्,’ उनले भने।

१२ देशका ५० बढी कलाकार आआफ्ना देशका वेशभुषा लगाएर, आआफ्ना झन्डा बोकेर एकैसाथ एकैठाउँमा देखिँदा थरिथरिका फूल फुलेका बगैंचाजस्तो देखिएको महोत्सव निर्देशक टंक चौलागाईंले बताए।

यसपालि महोत्सव अझ भव्य हुनेमा उनी विश्वस्त छन्। 

‘यो वर्ष अप्ठ्यारो समय हो। यही अप्ठ्यारोका बीच हामी विभिन्न देशका कलाकार एउटै मञ्चमा उभिएर एक स्वर बनाएर सकारात्मक सन्देश प्रवाह गर्न चाहान्छौं। हरेक वर्ष नेपालका नाट्य संस्था, रंगकर्मीहरुको साथ, सहयोग पाउँदै गएका छौं,’ उनले भने।

अन्तर्राष्ट्रिय क्षेत्रका उदीय कलाकारहरूलाई स्वागत गर्न पाउँदा आफू निकै खुसी भएको विद्यालयकी प्रिन्सिपल जुनिता कार्कीले बताइन्। बुधबार जोय हाउस कलेक्टिभ नेपाल र श्रीलंकाको प्रस्तुति रहेको थियो। बिहीबार भ्याली भ्यु स्कुल र चेक रिपब्लिकको नाटक मञ्चन भएको थियो। शुक्रबार श्रीयन्त्र एजुकेसन फाउन्डेसन, भारत र स्लोभाकियाको नाटकपछि महोत्सव समापन हुनेछ।

dc0edc06-c6f1-474f-8cf1-8c5a0a9c346c-1762390338.jpeg

86eecc7a-74a5-41b7-9e64-e6314e1c2430-1762390338.jpeg

94292a6d-888d-484b-8451-007eb9f9a5df-1762390338.jpeg

8eaae30f-d246-40b1-a74c-64eaee5f7e59-1762390301.jpeg

 





Read More