― Advertisement ―

Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

एकता पौडेलको निर्देशनमा बनेको फिल्म ‘हर्ष’ को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक भएको छ।

शुक्रबार सार्वजनिक यस गीतमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन्। अभिनेता लामिछाने पहिलो पटक ‘हर्ष’ मा रोमान्टिक भूमिकामा देखिएका हुन्। गीतमा मायाप्रेमको कुरा गरिएको छ।

सार्वजनिक गीतको भिडिओ सुनिल क्षेत्रीको कोरियोग्राफीमा बनेको हो।

एलिस कार्कीले कम्पोज गरेको यस गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर छ। नीरकमल खड्का (मामल) को शब्द रचना रहेको यस गीतमा शैलेन्द्र एम प्रधान (बाबु) ले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका छन्।

गायक सनिश श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल सिजन २’ बाट चर्चामा आएका थिए। त्यसपछि गुमनाम जस्तै देखिएका गायक श्रेष्ठ आगामी मंसिर १२ गतेबाट देशभर प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’ मार्फत पाश्र्व गायनमा प्रवेश गरेका हुन्। यो गीतले आफूलाई संगीतमा स्थापित गर्ने विश्वास उनले लिएका छन्।

निर्देशक एकता पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्। उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङको अध्ययन गरेकी छिन् भने आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन्।

यसअघि निर्देशक पौडेलले केही छोटा सिनेमा समेत निर्माण गरिसकेकी छिन्।

Laxmi bank
Laxmi bank

‘हर्ष’ मा खगेन्द्र र वर्षासहित नीर शाह, सन्तोष पन्त, शर्मीला मल्ल, माओत्से गुरुङ, विशाल पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलको हो। आलोक शुक्लाको छायांकन रहेको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन छ। ‘हर्ष’ को निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्माता हिक्मत चोखाल हुन्।





Read More