― Advertisement ―

एआई डाटा केन्द्रहरूले ग्रहलाई पकाउँदै छन्, चरम ताप टापुहरू सिर्जना गर्दै छन् जसले लाखौं शहरहरू र ग्रामीण क्षेत्रहरूमा समान रूपमा असर गर्छ।

एआई डेटा केन्द्रहरू चरम माइल विस्तार गर्दै छन्। सुविधाहरू340 मिलियन भन्दा बढी मानिसहरूले हाइपरस्केल AI सुविधाहरूको कारणले उच्च तापक्रम अनुभव गर्छन्डेटा केन्द्रहरू नजिकै 16.4...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुस ४ गतदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले बिहीबार फिल्मको पहिलो गीतको पोस्टर ल्याउँदै फिल्म प्रदर्शन मिति समेत घोषणा गरेको हो। 

फिल्मको गीत ‘फसायो लमीले’ शनिबार बिहान काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको युट्युबबाट रिलिज हुनेछ। 

गीतमा अभिनेत्री दीपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामालगायतका कलाकारहरू देखिनेछन्। अधिकारी र लामाको यस फिल्ममा अतिथि भूमिका छ। समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतमा रमेश परियारको शब्द, संगीत र संगीत संयोजन छ। मौसम हिमालीको नृत्य निर्देशन रहेको यस फिल्मका छायांकार बुद्ध थापा हुन्।

फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायत कलाकारहरूको अभिनय छ। यसै फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गर्दैछन्।

बाल कलाकार दिप्सन चिलवालले पनि यस फिल्ममा अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ।

Laxmi bank
Laxmi bank

अनिशा सेन्दाङ लिम्बु निर्मात्री रहेको यो फिल्म नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो। अनु थापा, पंकज खड्का र राम कार्की सह–निर्माता छन् भने योगेश खतिवडा र विनोद कँडेल लाइन प्रोड्युसरका रूपमा रहेका छन्।

निर्देशक घिमिरेको कथा रहेको यस फिल्मको पटकथा र संवादमा गणेश कार्की र विशाल घिमिरेको पनि योगदान रहेको निर्माण पक्षले बताएको छ।

 





Read More