― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

एसएस राजामौलीको निर्देशनमा बन्न लागेको फिल्म ‘एसएसएमबी २९ः ग्लोब ट्रोटर’ बाट अभिनेत्री प्रियंका चोपडा जोनसको फर्स्टलुक सार्वजनिक गरिएको छ। यो फिल्ममा प्रियंका ‘मन्दाकिनी’ को भूमिकामा देखिने भएकी छन्। 

साउथ स्टार महेश बाबु अभिनीत फिल्मको ‘टाइटल लन्च’ नोभेम्बर १५, २०२५ मा हुँदैछ। यसअघि निर्माण पक्षले बिहीबार बिहान प्रियंकाको फर्स्टलुक दर्शकमाझ ल्याएको हो।

राजामौलीले फर्स्टलुक साझा गर्दै लेखेका छन्, ‘विश्व मञ्चमा भारतीय सिनेमालाई पुनः परिभाषित गर्ने महिला। स्वागत छ, देसी गर्ल! प्रियंका चोपडा जोनस। मन्दाकिनीका विभिन्न रूपहरू विश्वले हेर्न आतुर छु।’ 

सार्वजनिक पोस्टरमा प्रियंका पहेँलो सारीमा पेस्तोल लिएर केही आतंकसँग लडिरहेको देखिन्छिन्। 

राजामौलीले यो पोस्टर सार्वजनिक गरेपछि कतिपय प्रयोगकर्ताले प्रियंका चोपडाले सारीमा एक्सनलाई नयाँ परिभाषा दिएको समेत बताएका छन्।

Laxmi bank
Laxmi bank

यसअघि, फिल्मको निर्माण पक्षले पृथ्वीराज सुकुमारनको फर्स्टलुक पोस्टर सार्वजनिक गरेको थियो। उनलाई मुख्य खलनायक ‘कुम्भ’ को रूपमा प्रस्तुत गरिएको छ। 

एसएसएमबी २९ अफ्रिकी लोककथाबाट प्रेरित साहसिक फिल्म हुने बताइएको छ। यो फिल्मको छायांकन २०२६ को अन्त्यसम्म चल्ने र २०२७ मा प्रदर्शन हुने अपेक्षा गरिएको छ। 

GlobeTrotter-priyanka--1763020759.jpg

 





Read More