― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने फिल्म ‘झिंगेदाउ २’ को छायांकन मंसिर १५ गतेदेखि सुरू हुने भएको छ। यो फिल्म छायांकनको अन्तिम तयारी भैरहँदा मुख्य कलाकार हेरफेर गरिएको छ। 

कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्मका लागि मुख्य कलाकारमा अभिनेता महेश त्रिपाठी र आर्यन सिग्देल अनुबन्धित भएका छन्।

यसअघि फिल्मका लागि मुकुन भुषाल मुख्य अभिनेताको रूपमा रहे पनि छायांकन तालिकालाई लिएर निर्देशक र कलाकारबीच कुरा नमिल्दा उनको स्थानमा महेश त्रिपाठीलाई भित्र्याइएको निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले बताए। निर्देशक देउजाले लामो समयदेखि कलाकारको सेड्युलका कारण छायांकन सुरू गर्न नसकेको र सोही विषयमा कुरा नमिलेपछि मुकुनलाई परिवर्तन गर्नुपरेको जानकारी दिए। 

‘झिँगेदाउ’ मुकुन भुषालको करियरको पहिलो सफल फिल्म मानिन्छ। त्यसअघि उनले कही राम्रा फिल्ममा अभिनय गरे पनि व्यवसायिक सफल थिएनन्। 

महेश त्रिपाठी र आर्यन सिग्देलबाहेक ‘झिंगेदाउ २’ मा वरिष्ठ सरोज खनाल, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ। 

Laxmi bank
Laxmi bank

यसअघि नै फिल्मका लागि अनुबन्धित केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, अंशु महर्जन, विजय देउजा, संगम भण्डारी, हिउँवाला गौतम, आयन खड्का लगायतका कलाकारहरू यथावत् छन्।

शुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको यस फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन हेड छन्। विष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत रहने फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्र डी गुरूङको सम्पादन रहनेछ।

निर्देशक देउजाका अनुसार, ‘झिंगेदाउ २’ अर्को वर्षको दसैंमा प्रदर्शन गर्ने योजना छ।





Read More