― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यलाई लिएर चलिरहेका अड्कलबाजी र मिडियामा आएका खबर झुटो रहेको परिवारले बताएको छ।

धमेन्द्रकी पत्नी हेमा मालिनी र छोरी ईशा देओलले ती खबरहरूको खण्डन गरेका छन्। धर्मेन्द्रको स्वास्थ्य अवस्था स्थिर रहेको उनीहरूले बताएका छन्। 

हेमा मालिनीले एक्स (पहिले ट्विटर) मार्फत भ्रामक समाचार फैलाउने मिडियाहरूको निन्दा गरेकी छन्।

उनले लेखेकी छन्, ‘जे भइरहेको छ, त्यो अक्षम्य छ! जिम्मेवार मिडियाहरूले उपचारमा रहेका र निको भइरहेका व्यक्तिको बारेमा कसरी गलत समाचार फैलाउन सक्छन्? यो अत्यन्त अपमानजनक र गैरजिम्मेवारपूर्ण कार्य हो।’

उनले आफ्नो परिवारको गोपनीयताको सम्मान गर्न पनि अनुरोध गरेकी छन्। 

यसअघि, छोरी ईशा देओलले पनि इन्स्टाग्राममा एक नोट साझा गर्दै बुबाको स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी थिइन्। उनले लेखेकी छन्, ‘मिडियाले गलत समाचार फैलाइरहेको छ। मेरा बुबा स्थिर हुनुहुन्छ र निको हुँदै हुनुहुन्छ। हामी सबैलाई हाम्रो परिवारलाई गोपनीयता दिन अनुरोध गर्दछौं। बुबाको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद।’ 

यसैबीच, धर्मेन्द्रलाई भेट्न मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा धेरै आगन्तुकहरू पुगेका छन्। सोमबार सलमान खान, गोविन्दा र अमीषा पटेलसहित सनी देओल, बबी देओल, करण देओल, राजवीर देओल र हेमा मालिनीलगायत परिवारका सदस्यहरू अस्पतालमा देखिएका थिए।

Laxmi bank
Laxmi bank

सनी देओलको टोलीका अनुसार धर्मेन्द्रको स्वास्थ्य स्थिर छ र उनी चिकित्सकीय निगरानीमा छन्। टोलीले थप टिप्पणी र अपडेट उपलब्ध भएपछि जानकारी गराइने बताएको छ।

टोलीले सबैलाई उनको स्वास्थ्य सम्बन्धी झूटा अफवाहहरू नफैलाउन र उनको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्न तथा परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ।





Read More