― Advertisement ―

एआई डाटा सेन्टर करको वाशिंगटनको शान्त रोलब्याकले उद्योगको प्रतिक्रियालाई स्पार्क गर्दछ किनकि राज्यहरूले बिलियन डलरको प्रोत्साहन र आर्थिक ट्रेडअफहरूमा पुनर्विचार गर्दछ।

डेटा प्रेशर ब्रेक्स ट्राइ सेन्टर धुलाई राष्ट्रव्यापीएआई पूर्वाधार लागत बढ्दै जाँदा सांसदहरूले प्रोत्साहनलाई पुनर्विचार गर्छन्उद्योग पुसब्याकले डाटा सेन्टर कर नीतिहरू सुधार गर्ने प्रयासहरूलाई सुस्त...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

अनमोल केसी, आँचल शर्मा र जसिता गुरूङको मुख्य अभिनय रहेको फिल्म ‘जेरी अन टप’ ले घरेलु बक्स अफिसमा ११ करोड ७१ लाख रूपैयाँ ग्रस कमाइ गरेको छ। 

असोज ३१ गते रिलिज फिल्मले २३ औं दिन शनिबार (कात्तिक २२) सम्ममा उक्त कमाइ गरेको चलचित्र विकास बोर्डले जनाएको छ। बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्मले सिनेपाः बक्स अफिसमा ११ करोड ७१ लाख ४१ हजार रूपैयाँ कमाइ गरेको हो।

उक्त कमाइ हुँदा फिल्मको ३ लाख ७५ हजारभन्दा बढी टिकट बिक्री भएको उल्लेख छ।

सुयोग गुरूङ निर्देशित ‘जेरी अन टप’ वर्ष २०८२ को सर्वाधिक कमाइ गर्ने फिल्म समेत बनेको छ। यसअघि गत वैशाख अन्तिम साता प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ ले नेपाली बक्सअफिसमा ११ करोड ३४ लाख रूपैयाँ कमाइका साथ पहिलो नम्बरमा थियो। उक्त कमाइलाई उछिन्दै वर्षको सर्वाधिक कमाउनेमा ‘जेरी अन टप’ अगाडि आएको हो। 

त्यस्तै, ‘जेरी अन टप’ अनमोल केसीको करिअरको सर्वाधिक कमाउने फिल्म समेत बनेको छ। यसअघि उनका कुनै फिल्मले १० करोडको आँकडा पार गरेका थिएनन्। 

‘जेरी अन टप’ मा अनमोल, आँचल र जसिताका साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी लगायत प्रमुख अभिनयमा छन्। यो एक एड्भेन्चर–रोमान्स–ड्रामा फिल्म हो। अहिले पनि सिनेमा हलमा यो फिल्म प्रदर्शन भइरहेको छ।

चलचित्र विकास बोर्डले हरेक सोमबार बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने गरेको छ। यस पटक ‘जेरी अन टप’ सहित ‘परान’, ‘बरिष्ठ बलराम’, ‘सोल्टिनी’, ‘मैझारो’ को बक्स अफिस रिपोर्ट पनि सार्वजनिक गरेको छ।

Laxmi bank
Laxmi bank

गत शुक्रबार रिलिज ‘जारी २’ र ‘मन बिनाको धन’ को बक्स अफिस विवरण आगामी सोमबारमात्र सार्वजनिक हुनेछ।

 

box-office-----1762769566.jpg

 

 

 

 

 

 





Read More