― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

फिल्म ‘होस्टेल’ फ्रेन्चाइजको तेस्रो भागले भारतीय नेपाली समुदायबीच पनि राम्रो प्रदर्शन गरेको छ। नेपालमा लगातार ५१ दिन प्रदर्शनको सफलता मनाएको ‘होस्टेल ३’ ले भारतमा पनि सो सफलता मनाएको हो। 

सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा निरन्तर प्रदर्शन भइरहेको यो फिल्मले त्यहाँ पनि ५१ दिन पूरा गरेको भारतका वितरक सुरज खड्काले बताए।

भारतमा ‘होस्टेल ३’ को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गरेका हुन्। सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरसहित ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो। 

निर्देशक सशान कँडेलले भारतमा पनि फिल्मको ५१ दिन पूरा भएको खुसी व्यक्त गरे। उनले भने, ‘सर्वप्रथम, यति ठूलो फ्रेन्चाइजलाई विश्वास गरी निर्माण इजाजत दिनुहुने दुर्गिश फिल्म्सलाई धेरै धन्यवाद दिन चाहन्छु। निर्माण, वितरण र प्रचार प्रसारमा सहभागी सबैलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु।’ 

Laxmi bank
Laxmi bank

‘होस्टेल ३’ ले क्याम्पस जीवनका उतार चढाव, प्रेम, मित्रता र संघर्षको कथा चित्रण गर्छ। फिल्ममा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरूष लगायत कलाकारहरूको अभिनय छ।

फिल्मका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा, निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी, सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता, कार्यकारी निर्माता शंकर कोइराला र लाइन प्रोड्युसर कोसिस राज क्षेत्री हुन्। 

‘होस्टेल ३’ हाल नेपालकै अग्रणी ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा पनि स्ट्रिमिङ भइरहेको छ। 

 





Read More