― Advertisement ―

Spotify ले नयाँ भिडियो नियन्त्रणहरू रोल आउट गर्दैछ, र यसको इन-एप संगीत भिडियोहरूलाई घृणा गर्ने व्यक्तिको रूपमा, मलाई थाहा छ यो ठूलो हिट हुनेछ।

Spotify लाई विश्वव्यापी रूपमा नियन्त्रण गर्ने प्रयोगकर्ताहरूलाई भिडियो नियन्त्रण गर्ने हो। यो महिना अन्य तहहरूमा विस्तार गर्नु अघि यो परिवार योजना प्रबन्धकहरूमा रोल आउट...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

कान्तिपुर फिल्म एकेडेमीको नाटकघर, कान्तिपुर थिएटरमा सोमबारदेखि नाटक ‘महारानीको जात्रा’ मञ्चन हुने भएको छ।

कान्तिपुर थिएटरले यसअघि रेखा थापालाई डेब्यु गराएको नाटक ‘मीरा’ र लामो समयपछि नायक जीवन लुइँटेललाई कमब्याक गराएको नाटक ‘शिरीषको फूल’ को सफल मञ्चनपछि ‘महारानीको जात्रा’ मञ्चन गर्न लागेको हो।

यस नाटकमा कान्तिपुर थिएटरले चलचित्र र रंगमञ्चकी अनुभवी अभिनेत्री उषा रजक र राज न्यौपानेसँगै नव-अभिनेत्रीहरू सुहाना आचार्य र निकीता आचार्यलाई मञ्चमा उतार्दैछ।

लामो समयदेखि नाटक डिजाइन र निर्देशन गर्दै आएका अनुभवी रंगकर्मी तथा प्रशिक्षक दिपल बरालले यस नाटकको परिकल्पना तथा निर्देशन गरेका हुन्।

रेमश पुरीको निर्माणमा बन्ने यस नाटकमा अन्य कलाकारहरूमा दिपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, बिमल यादव, मनोज तामाङ, बिरान दहनी, स्वेता चौलागाईं र कुशल बास्कोटा लगायतका कलाकारहरू मञ्चमा देखिनेछन्। सबै कलाकार कान्तिपुर फिल्म एकेडेमी र थिएटरका विद्यार्थी तथा सदस्य हुन्।

Laxmi bank
Laxmi bank

कात्तिक २४ गतेदेखि मंसिर २० गतेसम्म कान्तिपुर फिल्म एकेडेमी, गैह्रीधारामा बुधबार बाहेक हरेक साँझ ५ बजे महारानीको जात्रा मञ्चन हुनेछ।

नाटक हेर्नका लागि विद्यार्थी तथा रंगकर्मीहरूका लागि प्रवेश शुल्क ३ सय र साधारण दर्शकका लागि ५ सय रूपैयाँ तोकिएको छ। 

 





Read More