― Advertisement ―

गोपनीयता बोरिंग हुन लागेको छ, र यो राम्रो कुरा हो (नोट गर्नेहरूका लागि)

हामीले नयाँ वर्षको सुरुवात गर्दा, धेरैले गोपनीयता को प्रक्रिया संगठनको रूपमा क्लाउड र एआई'- बेसको रूपमा विशेष गरी डाटा प्रयोग गरिन्छ। ढिलो आकाश छ।...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

न्यूयोर्कमा बसोबास गर्ने केही नेपाली कलाकारहरूले मिलेर ‘मनकला’ नामक वेब सिरिज सार्वजनिक गरेका छन्।

यस सिरिजले न्यूयोर्क सहरमा बस्ने ३० वर्षीया एकल नेपाली युवती मनकलाको जीवन यात्रालाई प्रस्तुत गर्दछ।

मनकलाले आफ्नो जीवनसाथी खोज्ने क्रममा परिवारको अपेक्षा र सामाजिक दबाबको सामना गर्नुपर्ने हुन्छ। परिवारको हेरचाह गर्ने जिम्मेवारी र आफ्ना सपना तथा खुसी पूरा गर्ने चाहनाबीचको द्वन्द्वमा फसेकी मनकलाले आफ्नो जीवनको सबैभन्दा कठिन निर्णय लिनुपर्ने अवस्थामा पुग्छिन्।

ओमराज राउत र प्रमोद विश्वकर्माको निर्देशनमा बनेको यो सिरिजले परिवारको अपेक्षा र व्यक्तिगत सपनाबीचको द्वन्द्वलाई प्रस्तुत गर्दछ। सिरिजले प्रवासमा बाँचिरहेका नेपालीहरूको वास्तविक जीवन सङ्घर्ष र भावनात्मक द्वन्द्वलाई चित्रण गर्ने बताइएको छ।

Laxmi bank
Laxmi bank

सिरिजमा आयुषा सञ्जेल क्षेत्री, मीन भण्डारी, लिजा पौडेल, ल्हाक्पा डोल्मा, ओमराज राउतलगायतका कलाकारहरूको अभिनय रहेको छ।

कुल पाँच एपिसोडको यस सिरिजको पहिलो एपिसोड केही दिनअघि सार्वजनिक भइसकेको छ भने अर्को एपिसोड आगामी दुई हप्ताभित्र रिलिज हुनेछ।

सिरिजको अधिकांश छायांकन सम्पन्न भइसकेको जनाइएको छ। सिरिजमा संगम राईको छायांकन निर्देशन, डोमिनिका प्लाटेकको प्रोडक्सन डिजाइन तथा प्रमोद विश्वकर्मा र प्रकाश बस्नेतको सम्पादन छ।





Read More