― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

यस वर्षको प्रतीक्षितमध्येको फिल्म ‘जारी २ः सङ अफ च्याब्रुङ’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। दयाहाङ राई र मिरूना मगर अभिनित यो फिल्म विश्वव्यापी रिलिज भएको हो। 

फिल्म रिलिजको पूर्वसन्ध्यामा बिहीबार कमलपोखरीस्थित बिग मुभिजमा यसको प्रिमियर शो आयोजना गरिएको थियो। उपेन्द्र सुब्बा निर्देशित यस फिल्मको प्रिमियरमा लिम्बु संस्कृतिमा आधारित फिल्म निकै राम्रो बनेको अतिथिहरूले प्रतिक्रिया दिए।

प्रिमियरमा रोहित अधिकारी, सरोज न्यौपाने, रौनक विक्रम कँडेल, अर्जुन कुमार, दीपक प्रसाद आचार्य (काकु), आयुष्मान देशराज जोशी, दिव्यदेव, विपिन कार्की, अरुणा कार्की, पूजा चन्द, केकी अधिकारी लगायतका कलाकारहरूको उपस्थिति थियो।

यस्तै, ‘जारी २’ टिमबाट निर्देशक उपेन्द्र सुब्बा, निर्माता रामबाबु गुरूङ, मणिराम पोखरेल, अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरूना मगर तथा ऋचा शर्मा बिग मुभिज पुगेका थिए।

प्रिमियरमा विशेषगरी अभिनेत्री मिरूना मगरको लिम्बु संस्कृति झल्कने पहिरनले धेरैको ध्यान तानेको थियो। 

Laxmi bank
Laxmi bank

फिल्म नेपालमा उच्च शोसहित प्रदर्शनमा आएको हो। विशेषगरी पूर्वी नेपालका हलमा फिल्मको व्यापार आक्रामक हुने देखिएको छ।

‘जारी’ ले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाउनुका साथै आक्रामक व्यापार गरेको थियो। सोहीकारण ‘जारी २’ निर्माण घोषणादेखि प्रतीक्षित मानिएको थियो। 

JAARI-2-Premier3-1762495354.JPG

JAARI-2-Premier5-1762495354.JPG

JAARI-2-Premier-1762495354.JPG

JAARI-2-Premier4-1762495354.JPG

 





Read More