― Advertisement ―

Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ वर्ष २०८२ को सर्वाधिक कमाइ गर्ने फिल्म बन्न सफल भएको छ।

गत असोज ३१ गते रिलिज फिल्मले घरेलु बक्सअफिसमा बुधबारसम्म ११ करोड ४३ लाख रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएको निर्माता सरोज न्यौपानेले बताए। 

यद्यपि, चलचित्र विकास बोर्डबाट आधिकारिक बक्स अफिस कमाइ सार्वजनिक हुन बाँकी छ। गत शनिबारसम्म फिल्मले १० करोड ५१ लाख रूपैयाँ ग्रस कमाएको विकास बोर्डले सार्वजनिक गरेको थियो। 

यसअघि गत वैशाख अन्तिम साता प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ नेपाली बक्सअफिसमा ११ करोड ३४ लाख रूपैयाँ कमाइका साथ पहिलो नम्बरमा थियो। 

‘जेरी अन टप’ ले प्रदर्शनको २० औं दिनमा त्यो आँकडा पूरा गर्दै वर्षको सर्वाधिक कलेक्सन गर्ने फिल्मको सूचीमा आफूलाई पुर्‍याएको हो। 

अभिनेता अनमोल केसीको स्टारडमले सुरूवाती दिनदेखि राम्रो व्यापार गरेको फिल्मले दर्शकको ‘वर्ड अफ माउथ’ को साथ पायो। 

सुयोग गुरूङ निर्देशित ‘जेरी अन टप’ मा अनमोल केसी, आँचल शर्मा, जसिता गुरूङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी लगायत प्रमुख अभिनयमा छन्।

हिमाल आरोहणको साहसिक कथा उठान गरेको फिल्मले विदेशमा पनि राम्रो कमाइ गरेको छ। फिल्मले देश विदेशमा गरेर कुल १७ करोड रूपैयाँ कमाइ गरेको निर्माता न्यौपानेको दाबी छ।

Laxmi bank
Laxmi bank

 

 





Read More