― Advertisement ―

सम्झौता बाहिरका लाखौं ग्राहकहरूको लागि ब्रोडब्यान्ड लागत बढ्ने छ

लाखौं लाखौं प्रयोगकर्ताहरू भुक्तानी गर्न बाँकी छन्। अनुबंधहरूलगभग 4% प्रयोगकर्ताहरूलाई तिनीहरूको सम्झौता स्थिति थाहा छैनअनुबंध बाहिरको दरहरू प्रायः मासिक £ 20 वा बढीले बढ्छ...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


यस वर्ष दसैं र तिहारको अवसरमा प्रदर्शनमा आएका नेपाली फिल्महरूले कुल २८ करोडमाथिको व्यापार गरेका छन्। दसैं फूलपातीमा रिलिज भएकादेखि तिहारको अवसरमा रिलिज भएकासम्म कुल ७ फिल्मले २८ करोड २६ लाख रूपैयाँमाथिको व्यापार गरेका हुन्।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको गत शनिबार (कात्तिक १५) सम्मको बक्स अफिस कलेक्सन विवरणअनुसार दसैं तिहारको अवसरमा रिलिजमध्ये सबभन्दा धेरै कमाइ अनमोल केसी स्टारर ‘जेरी अन टप’ ले गरेको छ। दोस्रोमा समीर भट्ट अभिनीत ‘बलिदान’ छ।

यस वर्ष दसैंको अवसरमा फूलपातीको दिन (असोज १३ गते) ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ रिलिज भएका थिए। ‘जेरी अन टप’ असोज ३१ मा रिलिज भएको थियो भने भाइटीकाको दिन ‘बरिष्ठ बलराम’ र ‘सोल्टिनी’ रिलिज भएका थिए। त्यसको भोलिपल्ट कात्तिक ७ गते ‘मैझारो’ रिलिज भएको थियो।

यस्तो छ फिल्महरूको कमाइ

बलिदान: ५ करोड १० लाख ३४ हजार

हरिबहादुरको जुत्ता: ४ करोड ७१ लाख ३७ हजार

माइतीघर: ४ करोड १५ लाख ५१ हजार

जेरी अन टप: १० करोड ५१ लाख ४८ हजार

बरिष्ठ बलराम: २ करोड ४८ लाख ३० हजार

मैझारो: १ करोड ९५ हजार

सोल्टिनी: २८ लाख ८० हजार

यो पनिः दसैंका नेपाली फिल्मको पोहोरजस्तो भएन व्यापार, निर्माता भन्छन्- निराशाजनक नै पनि होइन

 





Read More