― Advertisement ―

पिट सिजन २ फाइनलमा फ्यानहरूको लागि स्टोरमा कम्तिमा ‘एउटा वास्तविक आश्चर्य’ हुनेछ, ताराले पुष्टि गर्दछ – किनकि डा. रोबीको परिवर्तनले नराम्रो मोड लिन्छ।

यदि म हरेक पटक एपिसोड हेर्न बस्दा तनावमा नपरेको भए, म रोएको थिएँ द पिट सिजन २ सकिन लागेको छ। हाम्रो मनपर्ने ER को...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

सुरक्षा पन्तको प्रमुख अभिनीत रहेको फिल्म ‘धागो’ को ट्रेलर सार्वजनिक भएको छ। भारतको डुवर्समा निर्माण भएको यो फिल्म उदिप राणा थापाले निर्देशन गरेका हुन्।

सार्वजनिक ट्रेलरले फिल्मको मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू र सामाजिक दुरावस्थाको संघर्षको मर्मस्पर्शी चित्रण गरिएको छ। निर्माण पक्षका अनुसार फिल्ममा केही मात्रामा हास्य रस पनि समावेश गरिएको छ।

यो फिल्म नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको निर्देशक थापाले बताए। उनका अनुसार यसले एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्छ।

फिल्ममा अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका छ। साथमा प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापालगायत कलाकारहरूको अभिनय छ। अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिनेछिन्।

यसको निर्माण फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्सन हाउसले गरेको हो। निर्माण टिममा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन्। छायांकन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन्।

Laxmi bank
Laxmi bank

‘धागो’ आगामी कार्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुने निर्माण पक्षले जनाएको छ।

 





Read More