― Advertisement ―

शुक्रबार, अप्रिल १० (खेल #७६८) को लागि NYT Strands संकेत र जवाफहरू

भिन्न दिन खोज्दै हुनुहुन्छ?एक नयाँ NYT जोन भनेको दिनको मध्यमा देखा पर्ने समय हो जुन रातको puzzs को लागी देखिन्छ। कोही मान्छे सधैं 'आजको...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

बलिउड सुपरस्टार शाहरूख खानले आफ्नो ६० औं जन्मदिनमा फ्यान तथा प्रशंसकहरूलाई विशेष उपहार दिएका छन्।

उनले आफ्नो प्रतीक्षित फिल्म ‘किङ’ को पहिलो टिजर सार्वजनिक गरेका हुन्। सिद्धार्थ आनन्द निर्देशित फिल्मको टिजर आइतबार बिहान सार्वजनिक भएको हो। 

१ मिनेट ११ सेकेन्डको टिजरमा शाहरूख यसअघि नदेखिएका अवतारमा छन्। उनी खैरो कपाल, तीव्र आँखा र एक दमदार हाउभाउमा प्रस्तुत छन्। उनले शक्तिशाली संवाद समेत बोलेका छन्। एक्सन, आकर्षक दृश्यहरू र पकड बनाउने ब्याकग्राउन्ड स्कोर टिजरमा पाइन्छ। 

‘पठान’ र ‘वार’ जस्ता ब्लकबस्टर फिल्मका लागि परिचित सिद्धार्थ आनन्दले शाहरूखसँग फेरि सहकार्य गरेका हुन्, जसले व्यापक दर्शक र भावनात्मक गहिराइ दुवैलाई समेट्ने वाचा गरेको छ। 

‘किङ’ मा शाहरुखकी छोरी सुहाना खानलाई समेत दर्शकले देख्न पाउनेछन्। यो सुहानाको पहिलो थिएटरमा रिलिज हुने फिल्म हुनेछ। फिल्ममा दीपिका पादुकोण, रानी मुखर्जी, अरशद वारसी, अनिल कपूर, राघव जुयाल, अभय वर्मा, सौरभ शुक्ला र जयदीप अहलावत पनि मुख्य भूमिकामा छन्। 

‘किङ’ सन् २०२६ मा रिलिज हुनेछ।

Laxmi bank
Laxmi bank

 

 

 





Read More