― Advertisement ―

‘हाम्रो डिजिटल भाग्यको नियन्त्रण पुन: प्राप्त गर्नुहोस्’: फ्रान्सले यूएस टेकमा निर्भरता कम गर्न लिनक्सको लागि विन्डोज खान्छ

डिजिटलमा जाँदैछ "सबै उदाहरणद्वारा फ्रान्स जाँदैछ" सार्वभौमिकताLinux अपरेटिङ सिस्टमहरू विन्डोजमा अनुकूल हुनेछन्स्वास्थ्य डेटा प्लेटफर्म सार्न योजनाहरू पहिले नै छन् id="elk-16f6c5d2-c5b0-434a-9b68-df7716f5ab83">फ्रान्स लागत कटौती गर्न र...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

बक्स अफिसमा तहल्का मच्चाएपछि, सुपरहिट कन्नड फिल्म ‘कान्तारा: अ लेजेन्ड च्याप्टर १’ अब ओटिटी प्लेटफर्ममा आउँदैछ।

अक्टोबर ३१ (शुक्रबार) देखि यो फिल्म अमेजन प्राइम भिडिओमा उपलब्ध हुनेछ। प्राइम भिडिओले फिल्मको मूल कन्नड संस्करणका साथै तमिल, तेलुगु र मलयालम भाषामा डब गरिएका संस्करणहरू पनि तत्कालका लागि स्ट्रिमिङ गर्नेछ। फिल्मको हिन्दी संस्करण भने एक महिनापछि मात्रै डिजिटल रिलिज हुनेछ।

‘कान्तारा’ को ठूलो चर्चाका कारण यो फिल्मको डिजिटल अधिकारका लागि ठूलो प्रतिस्पर्धा भएको थियो। फिल्मसम्बन्धि समाचार लेख्ने बलिउड हंगामाका अनुसार, निर्माताहरूले ‘कान्तारा’ को ओटिटी अधिकारका लागि १ सय २५ करोड भारूको माग गरेका थिए। यस क्रममा नेटफ्ल्क्सिले १ सय करोड भारूसम्म दिन तयार भयो। तर, अमेजन प्राइम भिडिओले १ सय १० करोड भारूको उच्च प्रस्तावसहित स्ट्रिमिङ अधिकार सुरक्षित गरेको हो। 

यो सम्झौता कन्नड फिल्मका लागि अहिलेसम्मकै दोस्रो ठूलो ओटिटी सम्झौता भएको बताइएको छ। सन् २०२२ को ‘केजीएफ – च्याप्टर २’ ले ३ सय करोड भारूभन्दा बढीको डिजिटल अधिकार बेचेर यस सूचीमा शीर्ष स्थानमा कायमै छ। 

Laxmi bank
Laxmi bank

विशेष कुरा के छ भने, ‘केजीएफ’ र ‘कान्तारा’ दुवै फ्रेन्चाइजीलाई होम्बले फिल्म्सले निर्माण गरेको हो। 

‘कान्ताराः अ लेजेन्ड- च्याप्टर १’ मा ऋषभ शेट्टीका साथै रूक्मिणी बसन्त, गुलशन देवैया र जयरामले शीर्ष भूमिकामा अभिनय गरेका छन्। यो फिल्मले पहिलो फिल्ममा प्रस्तुत गरिएको पौराणिक परम्परा र पैतृक द्वन्द्वको उत्पत्तिको गहिराइमा पुग्ने प्रयास गर्छ।

दुवै फिल्मको निर्देशन ऋषभ शेट्टीले गरेका हुन्।





Read More